१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौंको चिसो अझै बढ्ने

काठमाडौं – काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ। न्यूनतम तापक्रम घटेसँगै आइतबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ। महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौैंको न्यूनतम तापक्रम १.० र अधिकतम १६.८ डिग्री सेल्सियस रहेको छ।

शनिबार काठमाडौंको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस थियो। गत वर्ष डिसेम्बर ३० मा काठमाडौंको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस थियो। त्यसैले गत वर्षको तुलनामा यस वर्ष अली बढी चिसो भएको मौसमविद् राजु प्रधानाङ्गले बताए। प्रधानाङ्गका अनुसार अब केही दिन न्यूनतम तापक्रम ० देखि २ को हाराहारीमा रहनेछ।

‘सिजनल इफेक्टले न्यूनतम तापक्रम घटबढ भइरहेको हो। तापक्रम घटेपछि उपत्यकामा बढी चिसो महसुस गरिएको छ”, उनले भने। राति आकाश सफा भएकाले बिहान बेलुकी बढी चिसो महसुुस गरिएको हो। आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ। सोमबार देशैभरि मौसम सफा रहने विभागले जनाएको छ।

महाशाखाकाको पछिल्लो विवरणानुसार डडेलधुरा, मोरङ र ताप्लेजुङको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ। त्यस्तै दाङ र पोखराको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ। सबैभन्दा बढी वीरेन्द्रनगरको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ। जुम्लाको न्यूनतम तापक्रम आज माइनस ७ डिग्रीमा झरेको छ। तापक्रम घटेसँगै जनजीवन कष्टकर बन्दै गएको छ।

प्रकाशित: १५ पुस २०७५ ०९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App