१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विग ब्यासमा सन्दीपकाे उत्कृष्ट प्रदर्शन जारी, दाेस्राे खेलमा लिए सर्वाधिक ३ विकेट

काठमाडाैं - नेपाली टोलीका खेलाडी सन्दीप लामिछानेले विग ब्यास लिग (बीबीएल) मा उत्कृष्ट प्रदर्शन जारी राखेका छन्। मेलवर्न स्टार्सबाट प्रतियोगिता खेलिरहेका सन्दीपले आफ्नो दोस्रो खेलमा समेत उत्कृष्ट प्रदर्शनको लयलाई कायमै राख्दै ३ विकेट लिएका छन्।

सोमबार वेलेरिभ ओभल होवार्टमा भएको होबर्ट हरिकेन्स विरुद्धको खेलमा सन्दीपले आफ्नो टोलीका लागि सर्वाधिक बढी विकेट लिन सफल रहे। उनले ४ ओभरमा २४ रन दिँदै ३ विकेट लिए।

सन्दीपले हरिकेन्सका कप्तान म्याथ्यु वेड, एलेक्स डोलन र वेन म्याकडर्मोटको विकेट लिए। पावरप्ले लगत्तैको सातौं ओभर बलिङ गर्न आएका सन्दीपले तेस्रो बलमै डोलनलाई आउट गर्दै आफ्नो पहिलो विकेट लिन सफल भए। त्यस्तै उनले १३ दशमलव २ ओभरमा कप्तान वेडको र १५ दशमलव १ ओभरमा म्याकडर्मोटको विकेट लिए।

लामिछानेले सार्तौ, नवौं, १४ औं र १६ औं ओभर बलिङ गरे। यसअघि सिड्नी थन्डर्स विरुद्ध शुक्रबारको खेलमा समेत उनले २ विकेट लिएका थिए।

सन्दीपले ३ विकेट लिएपनि उनको टोली मेलवर्नले प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको सन्दीपको टोली मेलवर्नले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो। मेलवर्नका लागि कप्तान म्याक्सवेलले ४७ तथा निक लार्किनले ४५ रन बनाए। १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको हरिकेन्सले १८ दशमलव ४ ओभरमा ४ विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टायो। हरिकेन्सका कप्तान वेडले सर्वाधिक ५२ रन बनाए।

 

प्रकाशित: ९ पुस २०७५ १०:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App