१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ओली सरकार तत्काल कसैले ढाल्न सक्दैन् : गगन थापा

स्याङ्जा– नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी शर्मा ओली नेतृत्वको बलियो सरकार बरालिएको आरोप लगाएका छन्। आइतबार प्रथम चापाकोट महोत्सवको समापन समारोहमा बोल्दै उनले भने, ‘ओली नेतृत्वको सरकार काममा होइन, सपनाको चक्रव्यूहमा बरालिएको छ।’ नेपाली जनता र प्रतिपक्षीले काम गर्ने अवसर र वातावरण दिँदा पनि सरकारले काम गर्न नसक्नुले ओलीको असक्षमता प्रष्ट देखिएको उनले बताए। 

नेता थापाले ओली सरकार तत्काल कसैले चाहँदैमा ढाल्न नसक्ने बताए। ‘सरकार जग बलियो छ। दुई तिहाई बहुमत छ’, उनले भने, ‘सरकार ढाल्ने सपना अहिले नसोचौं। बेला आएपछि जनताले ढाल्छन्।’

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा कतै पनि प्रतिपक्षीले अवरोध नगर्दा पनि सरकारले काम गर्न नसक्नु दुई तिहाईको उपहास भएको उनको भनाई छ। ‘ओलीले सुखी नेपाली–समृद्ध नेपाल’ नाराले जनतालाई जुक्याइरहेका छन्’, उनले भने, ‘नारा केवल नारामा मात्र सीमित हुने देखियो।’ जनतालाई सपनाको चाङ देखाउनुको सट्टा काम गरेर देखाउन उनले सरकारलाई चुनौती दिए। ओलीको समृद्ध नेपाल अभियानको दिवा सपना कुनै हालतमा पुरा नहुने उनले दाबी गरे। 

दुई तिहाईको बहुमत सरकार हुँदा पनि कुनै काम गर्न नसक्नुले देशमा जनता कांग्रेसको विकल्प खोजिसकेको उनको भनाई थियो। उनले भने, ‘सरकारसँग काम गर्ने मौका र अवसर थियो। अवसर छोप्न र काम गर्न सक्नुपथ्र्यो सकेन, गरेन।’

देशको श्रमशक्ति विदेश बेचेर देश धनी र देशको समृद्धि नहुने उनले ठोकुवा गरे। देश विकासका लागि जलस्रोतमा लगानी होइन, विदेशिएका युवालाई देश फर्काउने र विदेशिन लागेका युवाहरुलाई रोकेर देशको समृद्धिको आन्दोलनमा परिचालन गर्न उनले आग्रह गरे।  ‘पहिला युवा संघ, युथ फोर्स र वाइसिएलमा लागेका युवालाई देशको समृद्धिको आन्दोलनमा परिचालन गर्नुस्। उनीहरुलाई परिचालन गर्न सके हजुरले देखेको सपना पुरा हुन्छ कि!’ उनले व्यंग्य गरे।

फरक प्रसंगमा नेता थापाले ओली सरकार तत्काल कसैले चाहँदैमा ढाल्न नसक्ने बताए। ‘सरकार जग बलियो छ। दुई तिहाई बहुमत छ’, उनले भने, ‘सरकार ढाल्ने सपना अहिले नसोचौं। बेला आएपछि जनताले ढाल्छन्।’ नेपाली काँग्रेस सरकार ढाल्न भन्दा सरकारले गरेका गलत कार्य र प्रवृत्तिलाई नागरिक सामु पु-याउन लाग्नुपर्ने भन्दै उनले कायकर्तालाई आग्रह गरे। देशमा विस्तारै नागरिकमा कांग्रेसको अभाव महसुस हुन थालेकोले स्थानीय तहका नेता तथा कार्यकर्तालाई सरकारको काम कारबाहीप्रति सचेत र सजग रहन कार्यकर्तालाई उनले आग्रह गरे। 

प्रकाशित: ८ पुस २०७५ ११:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App