१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले बाँड्यो एकै दिन करोड, पाउने को को छन्? (सूचि सहित)

काठमाडौं–सरकारले आफू निकट व्यक्तिलाई उपचार खर्चका नाममा एकै दिन एक करोड तीन लाख रुपैयाँ बाँडेको छ। असोज  २ गते  बसेको मन्त्रिपरिषद बैठकले उपचार खर्चका नाममा विभिन्न जिल्लाका ४४ जनालाई१ करोड तीन लाख रुपैयाँ बाँडेको हो। गृहमन्त्रालयको प्रस्तावमा सरकारले ५० हजारदेखि पाँच लाखसम्म बाँडेको हो। आफू निकट व्यक्तिलाई सरकारले एकै दिन यति ठूलो रकम बाँडेको हो।

सरकारले आर्थिक सहायताका नाममा राज्यकोषबाट जथाभावी सहायता वितरण गरेको भन्दै व्यवस्थापिका संसदको अर्थ समितिले कार्यविधी बनाएर मात्रै वितरण गरन भनेपनि अहिलेसम्म कार्यविधि बनाएको छैन। तर, सरकारले भने विना आधार उपचार खर्चका नाममा आफू निकट व्यक्तिलाई राज्यकोषबाट पैसा बाँड्ने गरेको छ।

गृहमन्त्रालयका सहसचिव यादव कोइरालाले उपचार खर्चकालागि सहायता उपलब्ध गराउन सरकारलाई सिफासिर गरे अनुसार मन्त्रिपरिषदले निर्णय गरेको बताए। ‘गृहले आर्थिक स्थिति कमजोर भएका व्यक्तिलाई उपचार खर्च उपलब्ध गराउन मन्त्रिपरिषदमा सिफारिस गरेअनुसार सरकारले निर्णय गरेको हो,’ उनले भने।

यसअघि केपी ओली नेतृत्वको सरकारले राज्य कोषको दुरुपयोग गरेको भन्दै चर्को आलोना हुने गरेको थियो। तर वर्तमान सरकारले भने एकै दिनमा आफू निकट व्यक्तिलाई  ठूलो रकम वितरण गरेको हो।

 

प्रकाशित: १३ आश्विन २०७३ ११:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App