१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

इन्भेस्टिगेसन भ्यान प्रयोगमा ल्याउँदै प्रहरी

काठमाडौं – नेपाल प्रहरीले घटनास्थलमा अनुसन्धानका लागि आवश्यक पर्ने आधुनिक उपकरणजडित मोबाइल फरेन्सिक इन्भेस्टिगेसन भ्यान सञ्चालनमा ल्याएको छ। ९६ लाखमा खरिद गरिएको भ्यानमा जनरल क्राइम स्किन, इन्भेस्टिगेसन किट, डिएनए स्याम्पल, प्रमाण संकलन उपकरणलगायतका ४५ लाख रुपैयाँबराबरका किट जडान गरिएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि अत्यावश्यक आधुनिक उपकरण जडान गरिएको मोबाइल फरेन्सिक इन्भेस्टिगेसन भ्यान महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई हस्तान्तरण गरे। उनले महाशाखा प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक धिरजप्रताप सिंहलाई सो भ्यानको चाबी हस्तान्तरण गर्दै संगठनलाई साधनस्रोत तथा प्रविधियुक्त बनाउन संगठनले प्राथमिकता दिएको बताए। उनले साधनस्रोतको उचित प्रयोग गर्न निर्देशन पनि दिए। उनले प्रविधि प्रदेस्तरमा पनि विस्तार गर्दै लगिने बताए ।

प्रहरी महानिरीक्षक खनालले जनताको अपेक्षाअनुरुप प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीले निष्पक्ष, इमानदारी एवं निष्ठापूर्वक उच्च मनोबलका साथ काम गर्नुपर्ने बताए। उल्लेख गर्दै यस्ता प्रविधिलाई प्रदेशहरुमा पनि विस्तार गर्दै लैजाने बताए ।

प्रकाशित: ६ पुस २०७५ ०१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App