श्रीमान विदेशमा, परपुरुषसँगको सम्बन्धबाट जन्मिएको शिशु मार्दा श्रीमती प्रहरी खोरमा

बुधबार, ०४ पुष २०७५, १४ : २७ नागरिक

तनहुँ– आफैंले जन्माएकाे नबजात शिशुको हत्या आरोपमा एक महिला पक्राउ परेकी छन्। भानु नगरपालिका ३ दोरदोर बस्ने ३७ बर्षाीया लक्ष्मी गन्दर्भ नबजात शिशुको हत्या आरोपमा पक्राउ परेकी हुन्।

श्रीमान विदेश भएका समयमा पर पुरुषसँग संसर्ग भएको र गर्भ बसी बच्चा जन्मिएकाले हत्या गरेकाे महिलाले स्वीकार गरेकी छिन्। घटनापछि फरार परपुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

मंगलबार भानु ३ चण्डीथोकस्थित पाखो बारीमा महिलाले लगाउने सुरुवालले घाँटीमा कसेर बेरेको अवस्थामा लिङ्ग पहिचान नभएको नवजात शिशुको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए।

प्रहरी अनुसन्धानको क्रममा लक्ष्मीले आफूले जन्म दिएको नवजात शिशुलाई सोही दिन आफैले मारेर फालेको बताएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक सिद्धिविक्रम शाहले बताए।

उनका श्रीमान विगत ४ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन्। श्रीमान विदेश भएका समयमा पर पुरुषसँगको संसर्ग भएको र त्यसकै कारण बच्चा जन्मिएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। परपुरुषको बच्चा भएकाले शिशु जन्मेकै दिन हत्या गरेको गन्दर्भले स्वीकार गरेकी छिन्। परपुरुषको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad