नेकपाकाे पाल्पाका सबै स्थानीय तहमा लाग्यो टुङ्गो

आइतबार, ०१ पुष २०७५, १० : ३४ नागरिक

पाल्पा - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पाल्पा जिल्लाका १० वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि पार्टी कार्यकता, सर्वसाधारण उत्साहित बनेका छन्। तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकता प्रक्रिया ढिलासुस्ती हुँदा नेता, कार्यकर्ता चिन्तित बनेका बेला स्थानीय तहमा समिति निर्माणका लागि अध्यक्ष र सचिवको टुङ्गो लागेको हो। 

शुक्रबार बुटबलमा बसेको नेकपाको प्रदेश ५ कमिटीको बैठकले पाल्पा जिल्लाको स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको नेकपाका प्रदेश सदस्य राधाकृष्ण कँडेलले जानकारी दिनुभयो। जिल्ला कमिटीमार्फत सिफारिश भएका अध्यक्ष र सचिवको प्रदेश कमिटीले टुङ्गो लगाएको हो। 

पाल्पा जिल्लाको तानसेन नगरपालिकामा अध्यक्ष रामप्रसाद पोखरेल र सचिव नारायण कार्की, तिनाउ गाउँपालिकामा अध्यक्ष राजेश श्रेष्ठ र सचिव दलबहादुर गुरुङ, निस्दी गाउँपालिकामा अध्यक्ष हेमबहादुर खाम्चा र सचिव रामप्रसाद खत्री छन्।

त्यसैगरी पूर्वखोला गाउँपालिकामा अध्यक्ष देवीप्रसाद पँगेनी र सचिव प्रेम गैरे, बगनासकाली गाउँपालिकामा अध्यक्ष हरिप्रसाद पाठक र सचिव कोशल न्यौपाने, माथागढी गाउँपालिकामा अध्यक्ष हरि चुहान र सचिव तेजु घर्ति मगर, रम्भा गाउँपालिकामा अध्यक्ष अर्जुन श्रेष्ठ र सचिव योगेन्द्रकुमार गैरे छन्।

त्यसैगरी रामपुर नगरपालिकामा अध्यक्ष कमल भट्टराई र सचिव दामोदर पाठक, रिब्दीकोट गाउँपालिकामा अध्यक्ष चिरञ्जीवी पोखरेल र सचिव मेघराज आचार्य, रैनादेवी छहरा गाउँपालिकामा अध्यक्ष रामप्रसाद ज्ञवाली र सचिव मानबहादुर थापा चयन भएका हुन्।

तत्कालीन नेकपा एमालेले तानसेन नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी गाउँपालिकामा अध्यक्ष र नेकपा माओवादी केन्द्रको सचिव पदमा बाँडफाँड गरी एकता स्थानीय तहमा टुङ्गो लगाएका छन्। तत्कालीन माओवादी केन्द्रले रामपुर नगरपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिकामा अध्यक्ष र सचिवमा सबै पूर्व एमाले हुन्। 

तत्कालीन नेकपा एमाले र माओवादीबीच केन्द्र, प्रदेश हुँदै स्थानीय तहसम्म पार्टी एकताले नेता, कार्यकता र जनतामा उत्साह आएको नेकपा पाल्पाका नेता तथा प्रदेश सदस्य राजेन्द्र विश्वकर्माले बताए। पुस २० गतेसम्म नेकपाको वडास्तरमा कमिटी विस्तार हुनेछ। 








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad