१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, ६ घाइते

गाईघाट – उदयपुरको लिङपिङगुङ–४ बलाम्ताको मैसङखामा बिहीबार राति १० बजे ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी अन्य ६ जना गम्भीर घाइते भएको प्रत्यक्षदर्शी स्थानीयवासी चुडामणि राईले बताए।

ट्याक्टर चालक सोही स्थानका २२ वर्षीय सुनिल राई र २५ वर्षीय पवन राईको घटनानस्थलमैै मृत्यु भएको र स्थानीयवासी विश्व राई, पुनम राई, सविना राई, शोनी राई, बुनु राई र मनिषा राई गम्भीर घाइते भएको उनले जानकारी दिए।

स४३प २३७३ नंको ट्याक्टर बलाम्ताको माझखर्कबाट गाउँतर्फ झर्दै गर्दा बाटोमा हिँडिरहेका यात्रु पवन राईलाई जोगाउने प्रयासमा ट्याक्टरले उनैलाई समेत किचेर सडकबाट २५ मिटर तल खसेको थियो।

प्रकाशित: २८ मंसिर २०७५ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App