१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कारबाहीविरुद्ध ट्याक्सी बन्द

काठमाडौं– मनपरी भाडा लिएर ट्याक्सी चलाउँदै आएका चालकलाई ट्राफिक प्रहरीले कडाइ गरेपछि आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बुधबार ट्याक्सी चलाउन स्थगित गरका छन् । मंगलवार ट्याक्सी चक्रपथमा र्याली गरी विरोधमा उत्रेका ट्याक्सीचाकले माग पुरा नभएसम्म ट्याक्सी नचलाउने बताएका छन् ।

ट्याक्सीलाई ट्राफिक प्रहरीले आकस्मिक जाँच गर्न नहुने, सादा पोसाकका प्रहरीले दुःख दिन नपाउने, होटलका निजी सवारीसाधनले त्रिभुवन विमानस्थलबाट यात्रु बोके कारबाही गर्नुपर्ने, प्रतिकिलोमिटर भाडा ३६ रुपैयाँबाट बढाएर ५५ रुपैयाँ र मिटर चालु गर्दा १४ रुपैयाँबाट ५० रुपैयाँ पुराउनुपर्ने माग राखेका छन् ।
त्यसैगरी जथाभावी ट्याक्सी थप्न नपाईने, ट्याक्सीलाई पार्किङको व्यवस्था गर्नपर्ने लगायतका १९ बुद्दे माग राखेका छन् । सरकारले माग पुरा नगरेसम्म उपत्यकामा ट्याक्सी नचलाउने तथा चल्न नदिने बताएका छन् ।

यातायात व्यवस्था विभाग नाजयज माग राख्दै आन्दोलनमा उत्रिएर ट्याक्सी नचलाउँदा चालकले आफ्नो खुट्टा बन्चारो आफैंले हान्ने काम गरेको बताएको छ । आधिकारीक जानकारी विनै आन्दोलनमा उत्रिएका समेत विभागले बताएको छ । ‘ट्याक्सीचालकले विभागमा आधिकारीक पत्र पठाएका छैनन्,’ विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, ‘आधिकारिक रुपमै मागपत्र पठाएपनि विभागले नाजायज माग पुरा गर्दैन् । हल्ला सुनेनुसार मिटरमा नचलाउने भन्ने माग छ रे यी नाजायज माग हो ।’

नेपाल लोकतान्त्रिक यातायात मजदुर संगठनको नामबाट आन्दोलनमा निस्केका चालकले भने विभाग, मन्त्रालयदेखि प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएपनि सुनावाई नभएको भन्दै आन्दोलनमा उत्रिएको बताएका छन् । ‘हामीले सम्बिन्धित ठाउँमा सबैलाई आधिकारिक पत्र पठाएको हौं,’ मजदुर संगठनका अध्यक्ष भरत गुरुङले भने, ‘हाम्रो माग कसैले नसुनेपछि आन्दोलनमा उत्रिएका हौं ।’

संगठनमा आवद्ध हुनेले बुधवार सडक ट्याक्सी ननिकाले पनि आन्दोलनमा आवद्ध नभएकाले भने सडकमा ट्याक्सी निकालेर चलाए । सडकमा ट्याक्सी निकालेर चलाउनेलाई भने आन्दोलनमा उत्रिकाले बलजवस्ती गरेका थिए । सडकमा निस्केका ट्याक्सीलाई बलजवस्ती तथा धम्की दिने ५६ जनालाई प्रहरीले प्रक्राउ समेत गरको छ ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार सडकमा निस्केका ट्याक्सीलाई नियम अनुसार चल्नेलाई कुनै अवरोध नभएको बताएको छ । नियम मिचेर चलाउनेलाई कानुन अनुसार कारवाही गरिने र सडकमा चलेका ट्याक्सीलाई कसैले बलजवस्ती गरिन्छ भने प्रहरीलाई खबर गर्न महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले यातायात व्यवस्था ऐन २०४९ अनुसार मिटरमा नचल्ने ट्याक्सीलाई कारवाही गराउँदै आएको छ । ऐनमा बढी भाडा लिने सवारीलाई हदैसम्मको कारवाही भनेर पाँच हजार जरिवान तोकिएको छ । उपत्यकामा ७ हजार ५ सय ट्याक्सी सञ्चालित छ ।

 


 

प्रकाशित: १३ आश्विन २०७३ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App