१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

शेयर बजारमा दोहोरो अङ्ककाे गिरावट

काठमाडौं - धितोपत्र बजारमा अाइतबार शेयरको मूल्यमा दोहोरो अङ्ककाे गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७.७३ अङ्कले घटेर ११३०.६३ पुगेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ अङ्कले घटेर २४०.२६ पुगेको छ।

अाइतबार कूल १५६ कम्पनीको १४ लाख ४२ हजार १३८ कित्ता शेयर रु ४५ करोड ४६ लाख ९५ हजार ९९५ मा खरीद बिक्री भएको स्टकले जनाएको छ। कारोवार भएका कूल ११ उपसमूहमध्ये व्यापार उपसमूहको मात्र शेयर उकालो लागेको छ। सो उपसमूह २.९६ अङ्कले बढेको छ। यस्तै बैँकिङ १५.५८, होटल ३३.२६, विकास बैंक ११.३३, जलविद्युत् १६, फाइनान्स ५.०७, निर्जीवन बीमा १३९.५१, उत्पादन २.७३, अन्य ७.७३, लघुवित्त २८.८५ र जीवन बीमा १०५.६७ अङ्कले घटेको छ। रासस

प्रकाशित: १६ मंसिर २०७५ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App