१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ठूलो मात्रामा लागुऔषधसहित एक पक्राउ

बारा - बारामा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टले ठूलो मात्रामा लागुऔषध तस्करी गर्दै गरेको अवस्थामा एक स्कार्पियो गाडीसहित एक जनालाई पक्राउ गरेको छ।

शुक्रबार बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नं ३ मा सो पोष्टका सशस्त्र प्रहरी निरिक्षक राजेश फुयालको कमाण्डमा खटिएको सात जनाको शसस्त्र प्रहरी टोलीले चेकजाँचको क्रममा प्रतिबन्धित लागू औषध डाईजोल्याब १०००, नोफिन १००० र फेनारगन १००० एम्पुल गरी कूल तीन हजार एम्पुल लागू औषध बरामद गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ। 

रक्सौलबाट नेपालतर्फ आइरहेको बिआर २२ पि, ५२७९ नम्बरको स्कारर्पियो गाडीमा सो परिणाममा लागुऔषध फेला परेको हो। प्रहरीले तस्करीमा संलग्न भारत विहान जिल्ला पूर्वीचम्पारण मोतिहारी घर भएका २३ बर्षीय सद्रे आलमलाई नियन्त्रणमा लिएको जनाएको छ। 

 

प्रकाशित: १ मंसिर २०७५ ०९:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App