१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ठग पम्पलाई इन्धन नदिन आयल निगमको निर्देशन

काठमाडौं–उपभोक्तालाई कम परिमाणमा इन्धन दिएर ठगी गर्ने पेट्रोलपम्पहरुलाई इन्धन उपलब्ध नगराउन नेपाल आयल निगमले मातहतका डिपोहरुलाई निर्देशन दिएको छ।

निगमले आधुनिक प्रविधिमार्फत केही पेट्रोल पम्पमा जडान भएको डिस्पेन्सिङ नोजलबाट उपभोक्तालाई कम परिमाणमा तेल दिएको बारे गम्भिर ध्यानाकर्षण भएको र सो को नियन्त्रणका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरोकारवाला निकायबीच छलफल गरिएअनुरुप विभिन्न निर्देशन दिएको जनाएको छ।

उद्योग वाणिज्य तथाआपूर्ति मन्त्री मात्रिका यादवलगायत मन्त्रालयका सचिव निगमका प्रमूख तथा गुणस्तर तथा नापतौल विभाग प्रमूख सम्मिलत बैठकले कैफियत पाइएका पम्पलाई अर्को निर्णय नभएसम्मका लागि डिजल पेट्रोल बिक्री वितरणमा रोकलगाउने लगायतका विभिन्न निर्णय गरेको हो।

वाणिज्य  विभागलगायत निकायले अनुगमन गर्दा विभिन्न पेट्रोल पम्पका डिस्पेन्सिङ मेसिनमा अत्याधुनिक प्रविधि प्रयोग गरी बिक्रीमा ठगी गरेको पाइएको थियो। खास गरी गिलबार्को कम्पनीका डिस्पेन्सर निर्माणकै क्रममा कम परिमाण दिने गरी बनाएको पाइएको थियो।

निगमले मातहतका प्रादेशिक तथा साखा कार्यालयलगायत सबै डिपोलाई इन्धन लग्ने पेट्रोल पम्पहरुलाई बल्क तथा खुद्रा बिक्री परिमाण अध्यावधिक राख्न लगाउन पनि निर्देशन दिएको छ। निगमले खोटपूर्ण देखिएको गिलबार्को कम्पनीका डिस्पेन्सर नयाँ जडान गर्न नदिन पनि निर्देश गरेको छ। निगमले सबै कार्यालयहरुलाई सम्बन्धित नापतौल कार्यालयलाई सहभागी गराएर प्रभावकारी अनुगमन बढाउन पनि निर्देशन गरेको छ।

 

प्रकाशित: ३० कार्तिक २०७५ १२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App