१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एसएमएल इसुजु–गोल्डफिस साझेदारी


काठमाडौं – लक्ष्मी समूहअन्तर्गतको गोल्डफिस इन्टरनेसनल प्रालि भारतको एसएमएल इसुजु सवारीसाधनको  आधिकारिक बिक्रेता बनेको छ। दुई पक्षबीच साझेदारीसम्बन्धी सम्झौता भएसँगै गोल्डफिस इन्टरनेसनल नेपालका लागि आधिकारिक बिक्रेता बनेको हो।

नेपाली ग्राहकका लागि उत्कृष्ट सेवा र सुविधा दिने उद्देश्यले सवारीसाधन व्यवसायमा प्रवेश गरेको गोल्डफिसले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। ‘नेपालको बाटोको अवस्थालाई ध्यानमा राखी एसएमएल इसुजुले विभिन्न आधुनिक बस, ट्रक, स्कुल बस, निजी बस, टिपर ल्याएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक चरणमा कम्पनीले काठमाडौंमा एक ‘थ्रिएस’ सेवा र एक ‘टुएस’ सेवा सुविधा सुरु गर्न गइरहेको छ।’

त्यसैगरी, पोखरामा एक थ्रीएस सुविधा तथा बनेपा, पाँचखाल र धादिङमा एक टुएस सुविधा सुविधा सुरु गरिने कम्पनीले जनाएको छ। त्यस्तै इटहरी, विदुर (त्रिशूली), दाङ, हेटौंडा, भैरहवा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीमा पनि सेवा विस्तार गरिने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३० कार्तिक २०७५ ०३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App