१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सालकको खपटासहित एक पक्राउ

भक्तपुर - भक्तपुर प्रहरीले सालकको खपटासहित बिहीबार साँझ एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रामेछाप जिल्ला सुनापाती गाउँपालिका वडा नं. ५ बेथान घर भई हाल भक्तपुर जिल्ला भक्तपुर नगरपालिका १० महालक्ष्मीस्थान बस्ने बर्ष २२ को रामलाल तामाङलाई पक्राउ गरेको हाे।

सालकको खपटा ६४० ग्राम बिक्रीवितरण गर्ने उद्देश्य लिई हिडिरहेको अवस्थामा निजलाई खपटासहित नियन्त्रणमा लिइएको परिसरले जनाएको छ। भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ६ सूर्यविनायकबाट उनलार्इ पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा ल्याइएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २९ कार्तिक २०७५ १३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App