१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पूर्वदेखि पश्चिमका चार स्थानमा नेपथ्यकाे कन्सर्ट

काठमाडौं - लोकरक ब्याण्ड नेपथ्यले नेपालकाे पूर्व देखि पश्चिम सम्म चार स्थानमा अाफ्नाे प्रस्तुती दिने भएकाे छ। मंसिरको पहिलो साता झापाको बिर्तामोडबाट सुरु हुने यात्रा धरान , बुटवल हुँदै कैलालीको धनगढीमा पुगेर टुंगिने छ।स्थापनाको २५ औं वर्ष मनाउने क्रममा नेपथ्यले देशभित्रका संगीतप्रेमी सामु प्रस्तुती दिने उद्देश्यले कार्यक्रम तय गरेको बताएकाे छ।

केहि समय अघि मात्र काठमाडौं र सिक्किमका दर्शकहरु सामु प्रस्तुती दिएकाे नेपथ्यले मंसिर ४ गते झापाको बिर्तामोड, मंसिर ७ गते धरान , १० गते बुटवल र १३ गते धनगढी मा प्रस्तुती दिने भएकाे हाे।

कन्सर्टमा दर्शकहरुका लागि नेपथ्यले नयाँ पुराना सबै लोकप्रिय गीतहरु प्रस्तुत गर्ने बताएकाे छ। त्यस वाहेक दसौं एल्बम सार्वजनिक गर्ने तयारीको सँघारमै रहेको ब्याण्डले ताजा गीतहरु पनि आफ्ना श्रोता दर्शकलाई सुनाउने बताएकाे छ।

‘द्वन्द्वका बेला सबैभन्दा बढी बिथोलिएको पश्चिमी भेगमा हामीले धेरै पटक पुगेर कन्सर्ट आयोजना गर्दै संगीतका माध्यमबाट भारी मनहरुलाई हलुका पार्न खोजेका थियौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘त्यति बेला खतरालाई चिर्दै यात्रा गर्ने नेपथ्य अब पनि मुलुकभरका दर्शकहरुसँग निरन्तर जोडिएर अघि बढ्न प्रयत्नरत छ।’ देशको जटिल र सहज सबै परिस्थितीमा देशवासीको साथ पाउँदा आफुलाई खुशी लागिरहेको गुरुङ बताउँछन्।

नेपथ्य यात्रा अन्तर्गत सबै ठाँउहरुमा कार्यक्रम बेलुकी पौने छ बजेदेखि सुरु हुनेछ र कार्यक्रम स्थलको लागी स्थानीय रंगशालाहरु चयन गरिएको छ। नेपथ्यले बिर्तामोडको डोमालाल राजवंशी रंगशाला, धरान रंगशाला, बुटवल रंगशाला (एन्फा टेक्निकल सेन्टर) र धनगढी रंगशालामा प्रस्तुति हुनेछ। सम्पूर्ण कन्सर्टहरुमा दर्शकहरुका निम्ति प्रवेश शूल्कमा एकरुपता राख्दै प्रति टिकट एक हजार रुपैयाँ कायम गरिएको छ।

प्रकाशित: २८ कार्तिक २०७५ १३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App