१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बाह्रै महिना दुधालु भैंसी !

फाइल तस्बिर ।

खोटाङ–सामान्यतः एउटा भैंसीले ब्याएको निश्चित अवधिसम्म दूध दिन्छ र थाक्छ तर दिक्तेल–३ का छविलाल आचार्यको भैंसीले बा¥है महिना दूध दिन्छ । छिमेकी गाविस नेर्पाबाट ३ वर्षअघि पहिलो बेतमा ८० हजार रुपैयाँ आचार्यले किनेर ल्याइएको भैंसीले बा¥है महिना दूध दिइरहेको छ । दूधका लागि व्याएको केही समयपछि किनेर ल्याएयता भैंसी नथाकेको आचार्यले बताए ।

असोजमा तेस्रो पटक व्याउने उक्त भैंसीले दैनिक १०÷१२ लिटर दूध दिइरहेको छ । ‘यो दुधालु भैंसी तीन वर्षअघि नेर्पाबाट किनेर ल्याएको हुँ,’ आचार्यले भने, ‘अचम्म छ, ल्याएदेखि अहिलेसम्म भैँसी थाकेको छैन, निरन्तर दूध दिइरहेको छ ।’ गाउँमा बाह्रै महिना दूध दिने यो भैंसीको चर्चा छ । कहिल्यैं नथाक्ने भैंसी किन्न आउने पनि उत्तिकै छन् । १ लाख मूल्यमा किन्न तयार हुनेलाई समेत आचार्यले भैंसी बेचेका छैनन् । कालो रङको उक्त भैंसीको स्वरुप र आकार पनि अन्यसरह सामान्य छ । किनेर ल्याउँदा ४ वर्षको भैंसी हाल ७ वर्षको भएको छ ।

सामान्य भैंसी भने ब्याएको ८÷९ महिनापछि थाक्छन् । आचार्य भन्छन्, ‘तर मैले पालेको भैंसी ‘न थाकेको छ न त उसको दूधको स्वादमा कुनै परकपन छ ।’ आचार्य परिवारले कहिल्यै नथाकेका भैंसीको दूध प्रतिलिटर ३५ देखि ४० रुपैयाँका दरले बिक्री गर्दै आएको छ । भैंसीको अनौठो गुणका कारण आचार्य परिवारका सदस्य दंग छन् । ‘दैनिक बिहान बेलुका पाथी दूध घटेको छैन,’ आचार्यले भने, ‘किन्ने मान्छे आएर एक लाख रुपैयाँ दिन्छु भने तर गुनिलो भएकाले भैंसी बिक्री गरिनँ ।’ बाह्रै महिना दूध दिइरहने भैंसी कहींकतै नदेखेको स्थानीय बताउँछन् ।

जिविसका सहायक कर्मचारी आचार्यले खेतीपातीसँगै गाईभैंसी पाल्दै आएका छन् । कार्यालय समय अघिपछि उनी गाईभैंसीको स्याहार सुसार र घाँसपातमा व्यस्त रहन्छन् ।

 

प्रकाशित: ८ आश्विन २०७३ ०३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App