१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सशस्त्रका ५ डिआइजीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा पदोन्नती भएका ६ जनालाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले दज्र्यानी चिन्ह प्रदान गरेका छन्।

सशस्त्रको प्रधान कार्यालय हल्चोकमा बुधवार आयोजित बिशेष समारोहमा आइजिपी खनालले डिआइजीलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन्।

मन्त्रीस्तरको मंगलवारको निर्णयबाट ई. प्रजाभक्त श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र गोविन्द क्षेत्री डिआइजीमा पदोन्नती भएका छन्।

आइजिपी खनालले पदोन्नतीसँगै बढेको पदीय जिम्मेवारीलाई अझै बढी उत्तरदायी र पूर्ण व्यावसायीकताका साथ निर्वाह गर्न निर्देशन दिए। 

सामूहिक भावनाका साथ सबै एकजुट भई राष्ट्र र संगठनले निर्दिष्ट गरेको लक्ष्य प्राप्त गर्नेतर्फ लाग्नुपर्ने चर्चा गर्दै खनालले दिर्घकालिन रुपमा संगठनका लक्ष्यहरु हासिल गर्न लामो अनुभव हासिल गरेका बरिष्ठ अधिकृतहरुको पेशागत दक्षता र जिम्मेवारी बहन गर्न सक्ने क्षमता लगायत ज्ञान, सिप र अनुभवको महत्वपूर्ण भूमिका रहने बताए।  

उनले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुले हरपल ईमान्दार, लगनशील र कर्तव्यनिष्ठ भई देश र आम नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपत विपद्मा उद्धार कार्यमा क्रियाशिल रहन निर्देशन समेत दिए।

आइजिपी खनालले संगठनले भ्रष्टाचार एवं लैंगिक हिंसामा शून्य सहनशीलताको नीति लिएको चर्चा गर्दै मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा कटिवद्ध रहँदै दायित्व निर्वाहमा समर्पित रहन निर्देशन दिए। 

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल लगायत संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम केसी., नारायणबाबु थापा र रामशरण पौडेल तथा एपीएफ अधिकृतहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: १४ कार्तिक २०७५ १६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App