१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पेट्रोलमा डिजेल मिसावट छैन : समिति

गुल्मी - गुल्मीमा मिसावट पेट्रोल बिक्री वितरण भइरहेकाे भन्ने हल्ला गलत साबित भएकाे छ। दशैंको समयमा जिल्लाको सदरमुकाम तम्घासमा रहेको वोहोरा आयल स्टोर्समा पेट्रोलमा डिजेल मिसावट गरि बिक्री गरिएको भन्ने विषयमा अनुसन्धान गर्न गठित समितिले मिसावट पेट्रोल बिक्री वितरण नगरेको पाइएको जनाएको छ। 

कात्तिक ८ गते जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको संयोजकमा गठित छानविन समितिले सोमबार आफ्नो प्रतिवेदन सार्वजनिक गदै पेट्रोलमा डिजेल मिसावट गरिएको भन्ने प्रमाण नजुटेको जनाएको छ। समितिको प्रतिवेदन अनुसार पप्प सञ्चालन, विभिन्न ब्यक्तिहरु, मोटरसाईकल मर्मत गर्ने पसलहरु लगायत पप्पमा तेल भरेका सवारीधनीहरुसँग बुझ्दा मिसावट तेल बिक्री वितरण नभएको पाइएको समितिका संयोजक पाण्डेले जानकारी दिए। 'दशैंको समयमा हामीले अनुसन्धान गदै जाँदा १ हजारभन्दा बढी सवारी साधनहरुले उक्त पप्पवाट पेट्रोल भरेका रहेछन' पाण्डेले भने '७/८ वटा मोटरसाईकलमा मात्र केही समस्या देखिएको पाइयो।’ ती पनि पेट्रोलका कारणले नभएको उनले बताए। उनले भरपर्दो प्रमाण नभएकाले सुनिएको, देखिएको र वोलेको आधारमा अनुसन्धान गरिएको बताए। समितिले निकालेको निष्कर्ष अनुसार घटनाको समयमा भएका प्रमाणजन्य विवरणहरु र तथ्यहरुका आधारमा मिसावट नदेखिएको उल्लेख गरिएको छ।

 

प्रकाशित: १२ कार्तिक २०७५ १२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App