पद्मश्री साहित्य पुरस्कार प्रदान

बुधबार, ०७ कार्तिक २०७५, १६ : ५७ नागरिक

काठमाडौं- खेमलाल– पद्मश्री साहित्य पुरस्कार र पद्यमश्री साधना सम्मान २०७४ एक समारोहबीच दुई स्रष्टालाई प्रदान गरिएको छ। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कारबाट नयनराज पाण्डे र पद्यमश्री साधना सम्मानबाट डा.तारानाथ शर्मा सम्मानित भएका हुन्। साहित्यकार पाण्डेको संस्मरणात्मक कृति 'यार' को लागि उक्त पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रममा बोल्दै शर्माले पाठकहरुको असीम स्नेहले नै आफु यस उमेरमा पनि साहित्य सिर्जनामा अगाडि बढिरहन सकेको बताए। 'उमेरले ८० काटेपछि आलस्यले सताउने रहेछ र रचनाकारितामा चाख घट्दै जाने रहेछ, तर सहृदयी पाठकहरुको प्रेरणाले भने झन्झन् प्रोत्साहित, कार्यशील र स्नेहार्द बनाउँदै रचनाकारितातर्फ आकृष्ट गर्दै साहित्यिक रचनामा निरन्तर प्राञ्जताल र प्रज्जवलता दिएर लेखकलाई अघि बढाउने रहेछ', शर्माले भने।

सम्मानित अर्का स्रष्टा पाण्डेले आफुलाई लेखन र सिर्जनाभन्दा सुन्दर कर्म अरु हुन्छ भन्ने नलागेको बताए। उनले अक्षर र शब्दहरु श्वेत पानाहरु भर्ने मौन धर्सा नभइ हाम्रो समाजका सुख, दु:ख, पीडा, घृणा, दिक्दारी, जुगुप्सा, आक्रोस र गुनासाहरु अभिव्यक्त गर्ने सजीव र सार्थक ध्वनि भएको बताए।

समारोहमा बोल्दै प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले राजनीति र समाजको गतिभन्दा साहित्य र कलाको गति तिब्र हुने बताए। साहित्य र कलाले समाज र राजनीतिलाई पनि डोहोर्याउने क्षमता राख्ने उनको भनाई थियो।

पद्यमश्री साहित्य पुरस्कार वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये उत्कृष्ठ एकलाई र ‘पद्यमश्री साधना सम्मान’ नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा दीर्घ साधना गरी विशिष्ट योग्दान दिने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ।

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लागी आकर्षक अफर ल्याएको छ । ...

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...