१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

भारतमा बन्धक बनाइएका २८ नेपाली महिलाको उद्दार

काठमाडौ– खाडी मुलुकमा रोजगारीको प्रलोभन देखाइ साढे २ महिना देखि भारतमा बन्धक बनाइएका २८ नेपाली महिलालाई भारतीय प्रहरीले उद्दार गरेको छ।

भारतको उत्तर प्रदेशस्थित इन्दरपुरको एक भवनमा उनीहरुलाई साढे २ महिनादेखि बन्धक बनाइ राखिएको प्रहरीले जनाएको छ। बन्धक बनाउने काममा संलग्न रहेको अभियोगमा केदार भनिने एक व्यक्तिसहित अन्य ५ जनालाई पनि गिरफ्तार गरेको उद्दारमा संलग्न वरिष्ठ प्रहरी उपरिक्षक वैभव कृष्णले जानकारी गराए।

भवनमा राखिएका महिलामध्ये २ महिला भागेर दिल्ली पुगेपछि दिल्ली प्रहरीमा उजुरी परेको थियो। उनीहरुले दिएको सूचनाका अधारमा छापामार्दा मानव तस्करीको सञ्जालका सदस्यसमेत पक्रन सकेको त्यहाँको प्रहरीले जनाएको छ।

यो घटनापछि दिल्ली प्रहरीले नेपाली महिलाहरुको मानव तस्करीबारे सचेत रहन प्रहरीलाई निदेर्शनसमेत दिएकोे छ। 

 

प्रकाशित: ६ कार्तिक २०७५ ०७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App