१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

रिहर्सलमा व्यस्त रिपब्लिका ‘एन भोग’ का प्रतियोगीहरु

काठमाडौं – व्यवसायिक नेपाली मोडलहरु मोडलिङमा सक्रिय भएपनि नेपाली फेसन र मोडलिङ क्षेत्र व्यवसायिक हुन सकेको छैन्। लामो समयदेखि नेपाली मोडलिङमा लागेका स्थापित मोडलहरु विस्थापित भइरहेका छन् भने नयाँ मोडलहरुलाई खासै स्थापित हुन सकेका छैनन् ।

नेपाली मोडलिङ र फेसनमा प्ल्याटफर्म खोजिरहेका युवा पुस्ताहरुलाई प्रोत्साहन गर्न ‘एन भोग’ नामक र्याम्प शो र मोडलिङ प्रतियोगिता हुने भएको छ। शुक्रबार राजधानीस्थित होटल अन्नपूर्णमा हुने एन भोगमा नयाँ विजेताहरु छनोट हुने भएको छ।

हाउस अफ फेसनले आयोजना गर्न लागेको एन भोगमा सहभागि भएका प्रतियोगिहरुलाई मोडलिङसम्बन्धी प्रशिक्षण समेत प्रदान गरिरहेको छ। ‘नेपाली मोडलिङमा रुचि राख्ने युवा पुस्तालाई व्यवसायिक मोडलको रुपमा स्थापित हुन यो प्रतियोगिताको आयोजना गरिरहेका छौं। व्यवसायिक नेपाली मोडलहरु मोडलिङमा सक्रिय छन् तर नेपाली फेसन र मोडलिङ क्षेत्र व्यवसायिक हुन सकेको छैन्। पुराना नेपाली मोडलहरु लगभग विस्थापित भइसकेका छन्। त्यसैले यो प्रतियोगिताले नयाँ मोडलहरुलाई प्ल्याटर्फम दिएर आत्मविकासदेखि लिएर व्यवसायिक रुपमा मोडलिङमा लाग्न प्रोत्साहन गर्नेछ,’हाउस अफ फेसनकी कार्यकारी निर्देशक ओसिमा बानुले भनिन्।

सन् २०१३ बाट सुरु भएको एन भोगको यो चौथौ संस्करण हो। प्रतियोगितामा महिला र पुरुष मोडलहरु गरेर ६४ जना सहभागि भएका छन्। करिव एक महिनाअघि अडिसनबाट छनोट भएका सहभागि मोडलहरुले ¥याम्प मोडलिङ, क्याटवाक र आत्मविकास लगायत विषयमा प्रशिक्षण पाएका थिए। ‘नेपाली ¥याम्प मोडलिङमा महिला र पुरुष मोडलहरुको माग बढीरहेको छ। व्यवसायिक मोडलहरुले मोडलिङमा लागेर राम्रो कमाई गरिरहेका छन्। त्यसैले हामीले महिला र पुरुष मोडलहरुलाई प्रतियोगिता सहभागि गराएर प्ल्याटफर्म दिएका हौं,’हाउस अफ फेसनकी बानुले भनिन्। ¥याम्प मोडलिङ प्रतियोगितामा ४३ जना। महिला मोडलहरु सहभागि छन्।

फर्मल, क्याजुअल र इभिनिङ गाउन लगायत विभिन्न सात वटा सिक्वेलमा मोडलहरुले र्याम्पमा क्याटवाक प्रस्तुत गर्नेछन्। सुमी गुरुङ, प्रज्ञा चित्रकार, केटिएम सिटी, तिन्जिङ यांकी, सभा नेपाल, दीपेन गुरुङ र सोनिम कलेक्सनले तयार गरेको ड्रेसमा मोडलहरु र्याम्पमा देखिदैंछन्। सहभागी मोडलहरुलाई कोरियोग्राफर दीपेन गुरुङ र सलोन ताम्राकारले एक महिनादेखि प्रशिक्षण दिइरहेका छन्।

एन भोगको विभिन्न संस्करणमा सहभागि सोफिया श्रेष्ठ, कन्चन गौतम, किशोर कायस्थ र अफिसा लगायत शोजस्टपरको रुपमा र्याम्पमा देखिदैंछन्। त्यस्तै गत वर्षका विजेता मोडलहरु अर्पणा उपाध्याय र आयुष्मान देशराज श्रेष्ठ सहभागिहरुलाई प्रोत्साहित गर्न ¥याम्पमा देखिनेछन्।

‘नेपाली मोडलिङ फरकिलो हुँदै गइरहेको छ। इन भोगको यो प्ल्याटफर्मले राम्रा मोडलहरुलाई नेपाली मोडलिङमा प्रवेश गराइरहेको छ, गत वर्षका विजेता आयुष्मान देशराज श्रेष्ठले भने,‘मोडलिङ भनेको र्याम्पमा क्याटवाकमात्र गर्ने नभएर करियरको रुपमा स्थापित गर्ने प्ल्याटफर्म हो। फेरि यस प्रतियोगिताको विजेता भएपछि मैले विगत तीन वर्षदेखि गरिरहेको मोडलिङ करियर स्थापित हुन सफल भयो।’

‘एन भोग’ र्याम्प मोडलिङ प्रतियोगिताको अन्तिम रिहर्सल बिहीबार राजधानीको होटल अन्नपूर्णमा निकै पृथक ढंगले सम्पन्न भएको थियो। ओसिमा बानु, दीपेश गुरुङ र सलोन ताम्राकारले मोडलहरुलाई सहभागि मोडलहरुलाई र्याम्पमा एकसाथ रिहर्सल गराएका छन्। प्रतियोगिताका विजेताहरुले ५० हजारसहित विभिन्न पुरस्कारहरु प्राप्त गर्ने छन्।

प्रकाशित: ६ आश्विन २०७३ १०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App