प्रतिबद्धता पूरा गरेरै छाड्छौँ : अध्यक्ष दाहाल

शनिबार, २७ असोज २०७५, १२ : ३७ नागरिक

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै एकताबद्ध भई सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताएका छन्।

आज मध्यपुरथिमिको नगदेशमा नेकपा मध्यपुरथिमि कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान एवं तुच्चा कार्यक्रममा बोल्दै उनले अहिले केन्द्रदेखि स्थानीय तहसम्म बलियो र स्थायी सरकार बनेकाले देशलाई समृद्धितर्फ लैजान एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताए।

अहिले देशमा आइपरेका जस्तोसुकै चुनौतीलाई पनि पार लगाउँदै अगाडि जान सकिने बताउँदै उनले विकास निर्माण, सुशासनका क्षेत्रमा गर्नुपर्ने काम धेरै भएकाले त्यसमा केन्द्रित भएर अगाडि बढेको छ भने।

उनले नेपालले दुई छिमेकी चीन र भारतसँग सम्बन्ध अझ विस्तार गरी धेरै लाभ लिनसक्ने अवसर रहेको उल्लेख गरे। नेपालमा पर्यटन, खानी, पानीलगायतका प्राकृतिक सम्भावना प्रशस्त भएपनि राजनीतिक अस्थिरताले देश पछाडि परेको बताउँदै अध्यक्ष दाहालले अब मुलुकलाई समृद्धितर्फ लैजाने समय आएको छ भने।

चुनावमा जनतामाझ जाँदा गरेका प्रतिबद्धता सरकारले पूरा गर्ने बताउँदै अध्यक्ष दाहालले भने, ‘जनताको सुशासन, भ्रष्टाचार, महङ्गी नियन्त्रण, बृद्धभत्ता बढाउने कुरा, निर्वाचनका बेलामा जे–जे प्रतिबद्धता गरिएको थियो, त्यसलाई सम्बोधन हुने गरी सरकारले अब काम गर्छ।’ एक प्रसङ्गमा उनले दसैंलगत्तै तल्लो तहसम्म पार्टी एकता पूरा गर्ने बताए।

काठमाडौंका खाल्डाखुल्डी पुर्ने र जनताको आकाङ्क्षा पूरा गर्नेबारेमा प्रधानमन्त्री र पार्टीको सचिवालयमा आफ्नो छलफल भइरहेको बताउँदै उनले भने, ‘काठमाडौं उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्ने सङ्कल्प वर्षाका कारण पूरा नभएको तर अब नयाँ वर्ष अगाडि नै उपत्यकाका मूल सडक कालोपत्र गरिसक्ने छौँ, काठमाडौंलाई विकासको दृष्टिकोणले सभ्यताको नयाँ चरणमा प्रवेश गराउने सङ्कल्प हामीले गरेका छौं, त्यो पूरा गर्छौं।’

विकास निर्माणलाई गति दिनेबारे समीक्षा शुरु गरेको बताउँदै उहाँले अब सम्बोधनको प्रक्रियालाई पनि तीव्रताका साथ अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरे। कम्युनिष्ट पार्टीको एकता र दुईतिहाइको सरकार बन्दा देशले धेरै उपलब्धि हासिल गरेको बताउँदै उनले भने, ‘सन् १९५० को सन्धिलगायत नेपाल–भारत सम्बन्धका विविध विषयमा समीक्षा गरेर सहमतिबाट एउटा प्रतिवेदन तयार भएको छ, त्यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने तयारीमा छौँ।’

कार्यक्रममा नेकपा मध्यपुर नगर कमिटीका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमिको विकासलाई तीब्रता दिने बताए। रासस








यसमा तपाईको मत

अन्य समाचार

कोकको बोटलमा आमाका लागि पर्सनलाइज्ड म्यासेज

कोकको बोटलमा आमाका लागि पर्सनलाइज्ड म्यासेज

कोका–कोलाले आफ्नो ‘मन खोलौं कोक सँग’ दशैं तिहार अभियानलाई निरन्तरता दिदैं ग्राउन्ड एक्टिभेसन सुरु गरेको छ । ...

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

Ncell Footer Ad