१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

करेन्ट लाग्दा चालकको ज्यान गयाे

नुवाकोट - नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटे अन्तर्गत पर्ने त्रिशुली गल्छी सडक खण्डमा करेन्ट लागेर एक चालककाे मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटकै लिखु गाउँपालिका–१ का भरत ढुङ्गाना रहेका छन्। ट्रकको छतमा विजुलीको तार अल्झेको र पन्छाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। उनी ना.३ ख.४७६८ नम्बरको ट्रकको चालक रहेको प्रहरीले बताएकाे छ।

 

प्रकाशित: २२ आश्विन २०७५ ०९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App