१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘मेरै निश्चललार्इ भेट्न मन लागिरहन्छ’

नेपाली चलचित्रमा पछिल्लो समयमा चलेकी नायिका हुन् स्वस्तिमा खड्का । उनले ‘दुई रुपैयाँ’ चलचित्रमा खेलेपछि दर्शकमाझ लोकप्रिय बनेकी स्वस्तिमाले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी नायिका हुन् । उनले आफूलाई प्रिय लाग्ने कुरा नागरिक परिवारलाई बताएकी छन् । 

पुस्तक

मलाई थुप्रै किताबहरु मन पर्छ । म किताबहरु पढ्न रुचि भएकै कलाकार हुँ जस्तो लाग्छ  ।  मैले पछिल्लो समयमा पढेका केही पुस्तकहरु छन् । एउटा हास्य अभिनेता हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ मलाई एक दम मन परेको किताब हो । 

लेखक

सुबिन भट्टराई लेखनमा मलाई मन पर्ने लेखक हुन् ।  उहाँका लेखनमा युवापुस्ता पनि लोकप्रिय छन् । 

भेट्न मन लागेको व्यक्ति

मलाई त्यस्तो भेट्न मन लागेको व्यक्ति भन्ने नै छैन । भेट्न मन लाग्ने भनेको मेरो घर परिवार नै हो ।

भेटिरहन मन लाग्ने व्यक्ति

भेटिरहन मन लाग्ने भनेको मेरो निश्चल र मेरो परिवार 

नेता

विश्वेश्वरप्रसाद कोइराला मलाई मन पर्ने नेता हुन् । अरू पनि उत्तिकै राम्रा नेताहरु हुनुहुन्छ । सबै प्रिय नै लाग्छ । 

ब्याग

यही भन्ने छैन । आफूलाई सजिलो लाग्ने जुनै पनि ।

घडी

सानो चिटिक्क परेको जुन लगाउँदा सुहाउँछ  ।

चस्मा

जुनसुकै होस् तर राम्रो र सुहाउँदिलो ।

सपिङ गर्ने ठाउँ

दरबारमार्ग एरिया हो । विशेष यही भन्ने छैन । मन परेको सामान जहाँ पनि किन्छु । 

हेर्न मन लागिरहने फिल्म 

आफैंले खेलेको ‘दुई रुपैया’ । जहाँ मेरो छोटो रोल भए पनि रमाइलो छ । 

अभिनेता 

पछिल्लो समयमा सबै राम्रा कलाकारहरु हुनुहुन्छ । सौगात मल्ल, दयाहाङ राई, निश्चल बस्नेत, असिम शाह । यही भन्ने छैन एक से एक राम्रा लाग्छन् ।

अभिनेत्री 

करिष्मा मानन्धर । सदावहार नायिका भएकाले उहाँ सुन्दर लाग्छ । सधैँ क्युट ।

निर्देशक 

निश्चल बस्नेत । उहाँले धेरै सोचेर मात्र काम गर्नु हुन्छ । काम गर्दा सहज तरिकाले कलाकारहरुलाई सिकाउनु हुन्छ ।  त्यसैले पनि मन पर्छ । 

गायक 

सबै सदावहार लाग्छ । सबै उत्तिकै राम्रा हुनुहुन्छ ।  यही भनेर छुट्टयाउन नि सक्दिन । सबैको आ–आफ्नै गायन शैली छ  । 

गायिका 

अरुणा लामा, तारादेवी, पछिल्लो समयमा अञ्जु पन्त लगायत थुप्रै हुनुहुन्छ ।

गायक सुन्न मन लागिरहने गीत

‘दुई रुपैयाँ’ फिल्मको मन पर्ने गीत हो । कुटुमा कुटु । जुन गीत म सधैँ गुनगुनाइ रहन्छु । मलाई चिनाउने गीत पनि यही हो । 

कलर 

पिंक कलर, ब्लाक कलर मन पर्छ । 

सवारी साधन

काठमाडौंका लागि सजिलो स्कुटर र बाहिरफेर हिँड्नका लागि कार नै राम्रो लाग्छ ।

खाना 

दाल भात तरकारी मेरा लागि फेबरेट हुन् । अरु त सधैँ खाने पनि होइन । नेवारी खानाहरु पनि राम्रो लाग्छ ।

ड्रेस

मलाई जुन कन्फर्टेबल लाग्छ । त्यही ड्रेस मन पर्छ । कुर्था सुरुवाललगायत क्याजुअल ड्रेसभन्दा फरक नपर्ला । जे लगायो त्यही मन परेजस्तो लाग्छ  । 

पर्व 

मलाई तीज, दसैं, तिहार एकदम मन पर्ने चाडपर्व हुन् । टाढा–टाढा गएका आफ्ना आफन्तको जमघट गराउने काम यी चाडपर्वले गराउने भएकाले मलाई मन पर्छ । 

प्रस्तुति : भोला अधिकारी 

प्रकाशित: २२ आश्विन २०७५ ०९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App