१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दलाल र भ्रष्ट मानसिकताले कर्णाली वन्दैन : मुख्यमन्त्री शाही

फाइल तस्बिर

कालिकोट - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले स्थानीय तहले भ्रष्टाचार नियन्त्रण गर्न नसकेमा सिंगै राजनीतिक व्यवस्थाका विरुद्ध जनमत वन्ने वताएका छन्। जिल्ला समन्वय समिति कालिकोटको आयोजनामा शुक्रवार सदरमुकाम मान्मामा भएको स्थानीय जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले ठुलो वलीदानको जगमा वनेको संघीय व्यवस्थाका विरुद्ध जनमत वन्दै जाँदा मुलुक नै असफल हुने खतरा रहेको बताए।

भ्रष्टाचारवाट सम्पत्ति आर्जन गर्ने प्रवृत्तिले दलाल र भ्रष्ट मानसिकताको विकास हुने वताउँदै मुख्यमन्त्री शाहीले कामै नगरि गोजिमा पैसा आउने स्थिति भएमा कसले श्रम गर्छ अनि कसरी वन्छ मुलुक भन्दै प्रश्न गरे। भ्रष्टाचार गर्ने उद्देश्यलेनै योजना निर्माण गर्ने र पकेटका मान्छेहरुलाई योजना कार्यान्वयनको जिम्मेवारी दिने प्रवृत्ति स्थानीय तहमा वढ्न थालेकोप्रति मुख्यमन्त्री शाहीले चिन्ता व्यक्त गरे। स्थानीय जनप्रतिनिधिहरुलाई ईमान्दारिताका साथ काम गर्न आग्रह गर्दै मुख्यमन्त्री शाहीले भने ‘अहिले सातु खाएर काम गरौं, मुलुक समृद्ध भएमा हामी त्यसै समृद्ध हुन्छौं।’

कर्णालीको समृद्धिका लागि सवै नागरिकले २४ घण्टा श्रम गर्नुपर्ने संस्कारको विकास गर्न जरुरी रहेको वताउँदै उनले प्रदेश सरकारले श्रमदिन मनाउने गरेको र आफुले पनि ढुंगा वोक्ने गरेको बताए। मुख्यमन्त्रीले ढुंगा वोक्यो भनेर आफ्नो आलोचना हुने गरेको पनि आफुलाई थाहा भएको वताउदै मुख्यमन्त्री शाहीले विकास र समृद्धि दलाली गरेर हाँसिल नहुने वताए।

अन्तरक्रियामा वोल्दै मुख्यमन्त्री शाहीले आफनो क्षेत्रको विकासका लागि कसैको भर नपर्न आग्रह गरे। संसारका सवै राष्ट्र आफ्नो श्रम र चेतनामा विश्वास गरेर नै समृद्ध भएको वताउदै उनले भने ‘अव कसैले दिने त्रिपालको आशा नगरौं, हामी आफै उत्पादन र श्रममा लागौं।’
 

 

प्रकाशित: १९ आश्विन २०७५ ११:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App