१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

माछापुछ्रे बैंक र एनबिआईबीच सम्झौता

काठमाडौं – माछापुछ्रे बैंक र नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआइ)बीच तालिम सञ्चालनबारे सम्झौता भएको छ । उक्त सम्झौता अनुसार एनबिआइले बैंकका कर्मचारीको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एनबिआइका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले हस्ताक्षर गरे । बैंकमा हाल करिब नौ सय ९५ कर्मचारी कार्यरत रहेको बैंकले जानकारी दिएको छ । बैंकले मुलुकभर ८६ वटा शाखा, दुईवटा एक्स्टेन्सन काउन्टर, २९ शाखारहित बैकिङ सेवासहित एक सय १७ स्थानबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: १७ आश्विन २०७५ ०३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App