१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सम्बन्ध विच्छेद माग्ने पुरुष बढे

ओखलढुंगा–पुरुषले पनि श्रीमतिविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न सकिने नयाँ कानूनी व्यवस्थाको प्रयोग गर्दै ओखलढुंगामा  मुद्दा दर्ता गर्नेक्रम बढेको छ।
 भदौ १ गतेदेखि लागू भएको ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४को दफा ९४मा उल्लिखित व्यवस्थाको प्रयोग गर्दै जिल्लामा ६ जनाले अदालतमा यस्तो मुद्दा दर्ता गराएका हुन् । 
सुनकोशी गाउँपालिका–८ च्यानामका ३१ वर्षीय नारायणबहादुर बस्नेत अहिले ओखलढुंगा कारगारमा छन्। उनी आफ्नै श्रीमतीलाई बलात्कार गरेको बैवाहिक बलात्कारको मुद्दामा तीन वर्षका लागि जेल परेका हुन्। जिल्ला अदालत ओखलढुंगाले २०७३ असार ५ गते बस्नेतलाई तीन वर्ष कैदको पैmसला गरेका थियो। कारागार बाटै बस्नेतले आफ्नी श्रीमती संग अलग हुनका लागि जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएका छन् । उनले २०७४ भदौ ४ गते सुनकोशी गाउँपालिकामा सम्बन्ध विच्छेदका लागि फिराद पठाएका थिए । 
जेलमा कैद भुक्तान गरिरहेका बस्नेतको उजुरीको कुनै किनारा लगाउन नसकेको गाउँपालिकाले नयाँ मुलकी संहिता लागु भएपछी उक्त फिराद जिल्ला अदालत ओखलढुंगामा पठाएपछी असोज ५ गते बस्नेतको मुद्धा दर्ता भएको हो। उनको एक छोरा र एक छोरी छन् ।
जिल्लाको चम्पादेवी गाउँपालिका–६ का २५ वर्षीय सुवास कार्कीले भदौ १९ गते जिल्ला अदालतमा सम्बन्ध विच्छेदको लागि मुद्दा हालेका छन्। उनकी २४ वर्षीय श्रीमतीसंग बेमेल बढेको भन्दै सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका हुन् । कार्कीले दुई वर्ष अघिमात्र कैलालीकी ज्योती शाहसंग प्रेम विबाह गरेका थिए । उनिहरुको १७ महिनाकी छोरी छिन् । 
नयाँ मुलुकी संहिता लागू भए संगै सम्बन्ध विच्छेदका लागि ६ जना पुरुषले जिल्ला अदालत ओखलढुंगामा सम्बन्ध विच्छेदका लागि मुद्दा दिएका छन् । संहिता लागू भएको ४० दिनको अवधिमा अदालतमा परेका१२ वटा सम्बन्ध विच्छेदको मुद्दामध्ये छजना पुरुषले मुद्दा दर्ता गराएको अदालतका श्रेष्तेदार नेत्रबन्धु पौडेलले जानकारी गराए । मुलुकी देवानी (सहिंता) ऐन २०७४’को दफा ९४ को अधिकार प्रयोग गरी मुद्दा दर्ता भएको हो। बाँकी छजना महिला छन् । अधिकांश सम्बन्ध विच्छेदका लागि मुद्दा दिने पुरुषले पत्नीले घर व्यवहार नधानेको, सम्पत्ति हिनामिना गरेको, हिंसा गरेकाले अलग हुन चाहेको उल्लेख गरेका छन् । जिल्ला अदालत ओखलढुंगाका अनुसार नयाँ मुलुकी देवानी (संहिता) लागू हुनु पुर्व कमै पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा हालेका थिए । 

 

प्रकाशित: १३ आश्विन २०७५ ०९:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App