७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

डोटीमा राजधानी माग्दै बन्द

बन्दका कारण ठप्प रहेको दिपायलस्थित पिपल्ला बजार ।

डोटी– ७ नम्बर प्रदेशको स्थायी राजधानी माग्दै आज डोटी बन्द गरिएको छ। विहानैदेखी सडक, बजार, सरकारी तथा गैह्र सरकारी कार्यालय, शिक्षण संस्था लगायत बन्द गरिएका छन्। बिहान नौबजेबाट सडक समेत बन्द गरिएको छ। जसले पुरै जिल्ला ठप्प पारेको छ। 

प्रदेश नामाकरण गर्न बनेको विशेष समितिले प्रदेश सभामा आफ्नो प्रतिबेदन पेश गरेसंगै फेरि दिपायलबासी आन्दोलनमा उत्रिएका हुन्। प्रदेश सभाको कार्यसूची अनुसार आज प्रदेशको राजधानी र नामाकरणको टुङ्गो लगाउने कार्यक्रम छ। सांसद तारालामा तामाङको समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी नगरपालिका–४ कैलाली सिफारिस गरेको छ।  

समितिले विभेदपूर्ण सिफारिस गरेको भन्दै दिपायलबासी सडकमा ओर्लिएका हुन। प्रतिबेदनको बिरोधमा बुधबार साँझ दिपायलमा राँके जुलुश निकालिएको थियो। संगै घरघरमा कालोझण्डा राख्ने क्रम समेत शुरु गरिएको छ। 

यस्तै बिहीवार मध्यान्ह जिल्ला सदरमुकाम सिलगढीमा प्रदर्शन निकालेर जिल्ला प्रशासन कार्यालयअघि धर्नाको कार्यक्रम गरिएको छ। दिउँसो दिपायल स्थित पिपल्ला बजारमा प्रदर्शन गरिएको छ। आज बन्दको आह्वान गरिएको छ। 

प्रदेशको राजधानी र नामाकरणको टुङ्गो लगाउन आज ११ बजे बसेको बैठक कांग्रेसका सांसदहरुको नाराबाजी र अवारोधपछि एक बजेसम्मका लागि स्थगित गरिएको छ। 

प्रकाशित: १२ आश्विन २०७५ ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App