१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विद्यालय बन्द गरेर शिक्षक परीक्षामा

धादिङ– जिल्लाका अधिकांश ठाउँमा विद्यालय नै बन्द गरेर शिक्षक परीक्षा दिन गएका छन्। शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन्। प्रायः सबै शिक्षक परिक्षा दिन जाने भएपछि अधिकांश विद्यालय तीनदिनदेखि एक साताका लागि बन्द गरेका हुन्। 

धादिङ जिल्लाबाट परीक्षा दिनेहरुको चितवनमा केन्द्र परेपछि विद्यालय बन्द गर्नु परेको विद्यालयले जनाएको छ। विद्यालय आफैले बिदा गर्न पाउने अधिकार अन्तर्गत विद्यालय बन्द गरिएको विद्यालयहरुले जानकारी दिएका छन्। 

जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ मावि पनि शिक्षकहरुको परीक्षाका कारण बन्द गरिएको छ, त्यस्तै नीलकण्ठ १४ मा रहेको सरस्वती मावि पनि एक साताका लागि बन्द गरिएको छ। यता सिद्धलेकमा रहेको महाकाली मावि र सत्यवती मावि पनि बन्द गरिएको छ। अहिले गरिएको बन्द जाडो बिदा र सट्टा बिदा कटाउने गरिएको विद्यालयका प्रधानाध्यापकहरुले बताएका छन्। 

केही शिक्षकहरु शिक्षक सेवा आयोगको परीक्षा दिन जाँदा विद्यालय नै पूरै बन्द गराएका हुन्। जिल्लाका अघिकांश विद्यालयमा बर्खे तथा जाडो बिदाबाट कटाउने गरी तीनदिनदेखि एक सातासम्मका लागि विद्यालय बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाई धादिङका विद्यालय निरीक्षक कृष्णकुमार श्रेष्ठले बताए। ‘अघिकांश शिक्षक परीक्षा दिन अन्य जिल्लामा जाने भएका कारण विद्यालय बन्द गरिएको हो, श्रेष्ठले भने, ‘विद्यालयले आफ्नो सट्टा बिदा गरेर विद्यालय बन्द गराएका हुन्।’,

लामो समयदेखि शिक्षक सेवा आयोगको परीक्षा दिन नपाएका शिक्षक र अन्य सर्वसाधरण पनि लोकसेवा आयोगको तयारीमा जुटेका छन्। आयोगले असोज ११ गते माविको १२ गते निमाविको र १३ गते प्राथमिकको परीक्षा तोकिएको छ। जिल्लाबाट प्रावितर्फ २७७१, निमाविमा ६२८ र माविमा ३२९ परीक्षार्थी गरी २७२८ जनाले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई धादिङले जानकारी दिएको छ।

प्रकाशित: ११ आश्विन २०७५ ११:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App