१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रियल मड्रिडको सहज जित, म्यानचेस्टर सिटी पहिलो खेलमै स्तब्ध

काठमाडौं – साविक विजेता रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ। बुधबार राति घरेलु मैदानमा भएको खेलमा समूह ‘जी’ मा रहेको स्पेनिस क्लब रियलले इटालियन क्लब एएस रोमालाई ३–० ले पराजित गरेको हो।

रियाललाई जिताउन पहिलो हाफको इन्जुरी समयमा इस्को, ५८ औं मिनेटमा ग्यारेथ बेल र दोस्रो हाफको इन्जुरी समयमा वैकल्पिक खेलाडी मारियानो डियाजले गोल गरे। जितसँगै रियलले प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ। यही समुहको अर्काे खेलमा चेक रिपब्लिकन क्लब भिक्टोरिया प्लाजेन र रसियाको सिएसकेए मस्कोले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन्।

यता इङ्लिस प्रिमियर लिगको साविक विजेता क्लब म्यानचेस्टर सिटी भने पहिलो खेलमै पराजित भएको छ। समूह ‘एफ’ अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा सिटीलाई फ्रान्सको लियोनले २–१ ले पराजित गरेको हो। लियोनको जितमा २६ औं मिनेटमा म्याक्सवेल कोर्नेट र ४३ औं मिनेटमा नबिल फेकिरले गोल गरेका थिए।

पहिलो हाफमै दुई गोल खाएको सिटीका लागि ६७ औं मिनेटमा बनार्डो शिल्भाले गोल गरेपनि टोलीलाई जिताउन सकेनन्। यही समूहको अर्को खेलमा युक्रेनको शख्तर डोनेस्कले जर्मनीको होफनहाईमसँग २–२ गोलको बराबरी खेलेको छ।

 

प्रकाशित: ४ आश्विन २०७५ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App