८ वैशाख २०८१ शनिबार
राजनीति

महिला हिंसा र भ्रष्टाचारविरुद्ध कांग्रेसको प्रदर्शन

कञ्चनपुर– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देशभर बढ्दो महिला हिंसा र भ्रष्टाचारविरुद्ध सोमबार कञ्चनपुरमा विरोध प्रदर्शन गरेको छ। स्थानीय तहमा विकास निर्माणका कामहरु गर्दा चरम भ्रष्टाचार गरेको भन्दै कांग्रेस कृष्णपुर नगरपालिकाको स्थानीय तह अनुगमन तथा पैरवी समितिले विरोध प्रदर्शन गरेको हाे। 

समितिका संयोजक तथा कृष्णपुर नगरपालिकामा कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार हेमराज ओझाले स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिलार्इ स्वतन्त्ररुपमा काम गर्न दिनुको साटो नेपाल कम्युनिस्ट पार्टीको संयोजकत्वमा पार्टी संयन्त्र बनाइ सन्चालन गरेको आरोप लगाए। 

स्थानीय तहमा नगरशिक्षा समिति गठन नगरी शिक्षासँग सम्बन्धित कामहरुमा चरम लापरवाही गरेको, कमिसनका लागि सवारीसाधन खरिद गरेको तर तिनीहरुलार्इ इलाका प्रहरी कार्यालय गुलरियाको परिसरमा थन्क्याएको आरोप लगाइएको छ। नगरपालिकाका कामहरु गर्दा निजी सवारीसाधनहरुलार्इ भाडामा लिएर काम गर्ने गरेको, सोलार लाइटमा चर्को शुल्क लिएको, स्थानीय खोलाहरुमा टेन्डर ढिलाइ गरेर कार्यकर्तालार्इ पैसा उठाउन लगाएको, लक्षित वर्गका कार्यक्रमहरु नगरी रकम हिनामिना गरेको भन्दै विरोध प्रदर्शन गरिएको जनाइएको छ। 

संयोजक ओझाको संयोजकत्वमा सोमबार गुलरिया बजारमा करिब ३ घण्टा नाराबाजीसहित प्रदर्शन गरिएको हो। त्यस्तै, कांग्रेसले मुलुकमा निरन्तर बलात्कार, हत्याका घटनाहर निरन्तरवृद्धि भएपनि सरकारले चासो नदेखाएको भन्दै सरकारको चर्को विरोध गरेको छ। कांग्रेसले कम्युनिस्ट सरकारले महँगी, भ्रष्ट्राचार, कालोबजारीलाई संरक्षण गरिरहेको समेत आरोप लगाएको छ। 

कम्युनिस्ट सरकारका कारण सर्वसाधारणलाई दैनिक काम गर्नै असहज भएको काँग्रेस महासमिति सदस्य नवराज जोशीले बताए। हत्या हिंसा बलात्कारका घटना बढ्दै गएपनि सरकार मौन रहेको उनले बताए। 

बलात्कारका घटना बढ्दै जाँदा विद्यार्थीहरु आतंकित भएको भन्दै बालिकाको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने र बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग राख्दै विद्यार्थीहरु समेत जुलुसमा सहभागी थिए। 

प्रकाशित: १ आश्विन २०७५ १४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App