१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

वाईफाई सुविधा छ भनेर ४ सय बढी भाडा अशुल्ने बस प्रहरी नियन्त्रणमा

काठमाडौं– प्रहरीले हुँदै नभएका सुविधा छ भन्दै बढी भाडा लिने बस सञ्चालकलाई ठगी मुद्दा चलाउने भएको छ  यस्तै अनावश्यक रुपमा लगेज भन्दै भाडा लिने र तोकेको दररेटभन्दा बढी भाडा लिए ठगी मुद्दामा कारबाहीचलाउने तयारी प्रहरीले गरेको हो।

वाइफाई सुविधाभन्दै प्रचलित भाडाभन्दा ४ सय बढीलिने बसलाई नियन्त्रणमा लिएको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले यात्रु ठगेको अरोपमा ना ५ ख ४२५७नम्बरको बस नियन्त्रणमा लिएको बताए।

काठमाडौं प्रहरीले शनिबार नयाँ बसपार्क क्षेत्रमा सञ्चालन गरेको अभियानअन्र्तगत डिलक्स र वाइफाई सुविधाभन्दै प्रचलित भाडाभन्दा ४ सय बढीलिने बसलाई नियन्त्रणमा लिएको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले यात्रु ठगेको अरोपमा ना ५ ख ४२५७नम्बरको बस नियन्त्रणमा लिएको बताए। उनले चाडपर्वको बेलायात्रु ठगिएको गुनासो बढेपछि प्रहरीले अभियानथालेको बताए।

प्रहरीकाअनुसार काठमाडौंबाट नेपालगन्ज, गौरीगन्ज र दाङ जाने बसले प्रचलितभन्दा बढी भाडा लिएको फेलापरेको हो । प्रहरीले यात्रु ठग्ने चारजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
एसएसपीथापाले चाडवाडअवधिभर काठमाडौं प्रहरीअन्र्तगत रहेका वृत्तबाट १० जना सादापोसाककाप्रहरी अभियानमा खटिएको बताए । उनले यातायातबाहेक किनमेल र बजारमा समेत ठगी हुने घटना नियन्त्रण गर्न सिभिल टोली खटिने छ ।

प्रकाशित: २ आश्विन २०७३ ११:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App