१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

लिभरपुलकाे अपराजित यात्रा कायमै

काठमाडाैं - इङ्लिस प्रिमियर लिगमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। लिग अन्तर्गत शनिवार पाँचौ खेल खेलेको लिभरपुलले टोटनह्याम हट्सपरलाई २–१ ले पराजित गर्‍याे। लिभरपुलको जितमा जर्जिनीयो र रोवर्टो फर्मिनोले १/१ गोल गरे।

जर्जिनीयोको गोल मार्फत खेलमा अग्रता कायम गरेको लिभरपुलले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो। जर्जिनीयोले पहिलो हाफको ३९ औं मिनेटमा कर्नर मार्फत आएको बललाई हेड गर्दै गोलपोष्टको जाली चुमाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको टोटनह्याम दोस्राे हाफ सुरु भएको नवौं मिनेटमा दोस्राे गोल खान पुग्यो। लिभरपुलका फर्मिनोले गोलरक्षकको हातमा लागेर आएको बललाई गोलपोष्ट नजिकैबाट प्रहार गर्दै आफ्नो टोलीको अग्रता दोब्बर पारे। खेलमा फर्कन संघर्ष गरेको टोटनह्यामका लागि खेलको इन्जुरी समयमा इरिक लामेलाले सान्त्वना गोल फर्काए। उनले खेलको ९३ औं मिनेटमा क्रिस्टियन इरिक्सनको पासमा उत्कृष्ट गोल गरेका थिए।

लिगमा सत प्रतिशत नतिजा निकालेको लिभरपुल पाँच खेलबाट १५ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ।

 

प्रकाशित: ३० भाद्र २०७५ १४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App