पुन हत्याको बिरोधमा सदरमुकाम लिवाङ बन्द

सोमबार, २५ भदौ २०७५, ०९ : ४१ दिनेश सुवेदी

रोल्पा – तरुणदल रोल्पा नगरपालिकाका नगर सभापति रोहित पुन हत्याको विरोधमा आज रोल्पा सदरमुकाम लिबाङ बन्द गरिएको छ। नेपाल तरुणदत रोल्पाले आह्वान गरेको बन्दका कारण बजार, यातायात र शिक्षण संस्था प्रभावित भएका छन्।

आइतबार बेलुका पाँच बजे तिर पुनको पूर्वी रोल्पा सुलिचौर बजारको मध्यभागमा रहेको रेष्ट प्वाइन्ट रेष्टुरेन्टमा गोली हानी हत्या भएको थियो।

सोही हत्याका दोषीमाथि कडा कारवाही र फरार अभियुक्तलाई यथासिघ्र पक्राउ गर्न माग राख्दै बन्द आह्रवान गरिएको तरुणदलले जनाएको छ। बन्दका कारण बिहानैदेखि बजार सुनसान बनेको छ। लामो र छोटो दूरीका सवारी साधन चलेका छैनन् भने शिक्षण संस्थाहरुमा पनि बिहानैदेखि ठप्प छन्।

इलाका प्रहरी कार्यालय भन्दा करिब ५० मिटरको दुरीमा खुलेआम दिउँसै गोली प्रहारको घटनाले सुलिचौर बजारवासी यतिबेला त्रसित बनेका छन्। प्रहरीका अनुसार गोली हानेको आरोपमा रोल्पा नगरपालिका–१० धबाङका २९ बर्षीय देवबहादुर घर्तीलाई आइतबार पक्राउ गरिसकेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अन्य चार जनालाई पनि पक्राउ गरेर अनुसन्धान थालिएको जनाएको छ।

हत्या गरिका पुनको शब राति नै सुलिचौरबाट सदरमुकाम लिवाङस्थित जिल्ला अस्पतामा ल्याइएको छ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad