स्मृति

पुरस्कार लिएर सुइँकुच्चा

शनिबार, ०९ भदौ २०७५, १३ : ४८ नागरिक

भाेजराज न्याैपाने
त्यतिबेला म कक्षा दशमा पढ्थे । पंचायती व्यवस्था भएकाले राजा महाराजाको जन्मदिनमा देशैभरि विविध कार्यक्रम गरिन्थ्यो । हाम्रो स्कुलमा पनि एउटा सूचना आयो, भदौ ५ गते मुमा बडामहारानीको जन्मोत्सव तथा बाल दिवसको उपलक्ष्यमा जिल्ला स्तरिय कविता प्रतियोगिता हुने। 

यो कुरा हो ०४५ सालको । मलाई प्रतियोगितामा सहभागी बन्न मन लाग्यो । कहिल्यै  नलेखेको हुनाले कसरी लेख्ने, के लेख्ने भन्ने हुटहुटी थियो । हामीलाई नेपाली पढाउने  गुरू हुनुहुन्थ्यो–नरहरि सुवेदी । उहाँ मेरो घरसंगै बस्नु हुन्थ्यो । मैंले भेटेर कविता लेख्न सिकाई मागें । उहाँले तुरुन्तै भन्नु भयो– ‘धत् कविता पनि लेख्न सिकाएर सिकिने हो र ! आफैं लेख न।’

म एकाएक छाँगाबाट खसेझैं भएँ । गुरूप्रतिको त्यति ठुलो भरोसा एकाएक भत्कियो । मलाई एकदमै नरमाइलो लाग्यो । त्यति धेरै भरोसा गरेको थिएँ उहाँमाथि । उहाँले ‘इग्नोर’ गरे जस्तै लाग्यो ।

सरासर घरमा पुगें । मैंले निर्णय गरें । ठीक छ– जस्तो आउँछ त्यस्तै लेख्छु । अनि कविता लेखें । कान्छी दिदी कल्पना र म संगै पढ्थ्यौ । उसैलाई देखाएँ –‘हेर त कान्छी कस्तो भयो ?’ 

कान्छी नै मेरी मिल्ने साथी र स्कूलसम्मकी अभिभावक दुबै थिई । ऊ खुसी भई । भनि,  ‘तँ त फस्ट हुन्छस् । ’

भोलिपल्ट स्कुलमा आन्तरिक प्रतिस्पर्धा भयो । आन्तरिकमा सजिलै छानिएँ । हेडसर हुनुहुन्थ्यो–कृष्णवहादुर गौतम । उहाँले मेरो कवितालाई छनौट भयो भनेर रातो मसीले लेखिदिनु भयो । म खुसीले नाच्दै घर फर्किंए। 

भोलिपल्ट दोलखाको बालमन्दिरमा हुने जिल्लास्तरिय प्रतियोगितामा कसरी कविता सुनाउने भन्ने कौतुहलता थियो । निकै उत्साह भरियो । भित्रभित्रै डर लागेको थियो । त्यति ठूलो कार्यक्रममा यस अघि कहिल्यै बोलेको थिइन । कविता सुनाउन जाँदा लुगा मैलो हुनु भएन । स्कुल ड्रेस अलि मैलो थियो। 

कान्छी दिदीलाई फकाएँ, ‘मेरो पनि लुगा धोइदे न है ।’ उसले धोई दिई।

एकछिनपछि मलाई याद आयो– सर्टको गोजीमा त कविता थियो, त्यो पनि धोइयो कि ? हतारिएर सर्ट सुकाएको ठाउँमा पुगें । हेडसरले रातो मसीले स्वीकृत गरेको कविता सर्टको गोजीमा डल्लो परेछ । मेरा आँखाबाट आँसुको भल बग्यो ।

एकछिनपछि मलाई याद आयो । सर्टको गोजीमा त कविता थियो, त्यो पनि धोइयो कि ? म हतारिएर सर्ट सुकाएको ठाउँमा पुगें।

हेडसरले रातो मसीले स्वीकृत गरेको कविता सर्टको गोजीमा एकै डल्लो परेछ । बल्लतल्ल लेखेको कविताकोे मसंग अर्को कपी बाँकी थिएन । मेरा आँखाबाट आँसुकोे भल बग्यो । धेरै रोएँ । यसै पनि सानोतिनो कुरामैं मलाई छिटै आँसु आउँथ्यो ।

कान्छीलाई आफूले ठूलो गल्ती गरेको महसुस भयो । निन्याउरो मुख लाएर छेउमा आई । ‘तैंले लेखेको त हो नि, आफूले लेखेको सम्झना हुन्छ । सम्झेर लेख न प्लीज’, उसका  कुराले मेरो मन दरो भयो । आँट आयो ।

लेख्न त थालें । तर दिमागमा रिकर्ड भए पो ! पहिलो हरफ लेखें । दोस्रो हरफ जसोतसो लेखें । यसैगरि लेख्दै, रुँदै, सम्झँदै फेरि रुँदै कविता पुरा गरें । लेखिसके पछि मभन्दा धेरै खुसी मेरी दिदी भई । मलाई भने हेडसरले रातो मसीले गर्नु भएको हस्ताक्षर नहुँदा अझै खल्लो  भैरहेको थियो । 

कार्यक्रममा जाने बेला दिदीले भनी, ‘भाइ ! जितेर आइज है । मलाई थाहा छ तँ फस्ट हुन्छस् ।’

कार्यक्रम थियो बाल मन्दिरमा । म चरिकोटबाट साथीहरुसंगै गएँ । हामी पढेको स्कूलबाट ‘टप फाइभ’ छनौट भएका थियौं । हामी सबै प्रतिस्पर्धामा थियौं । हामी मध्ये जो विजयी भए पनि पुरस्कारमा पाएको पैसाले खाजा खाने सहमती भयो।

कार्यक्रम सुरु भयो । प्रमुख अतिथि लगायत जिल्लाका कार्यालय प्रमुखहरु मञ्चमा बसेका थिए । प्रमुख अतिथि थिए जिल्ला पंचायतका सभापति रामप्रसाद उप्रेति । सदरमुकाममै बस्ने भएकाले धेरैजसो कार्यालयका प्रमुखहरुलाई म चिन्दथें । अझ कतिका त छोराछोरी हामीसंगै पढ्थे । उनीहरुका अगाडि म पुरस्कृत हुन पाए कति मज्जा हुन्थ्यो भनेर सोच्दै थिएँ, तर कसरी बोल्ने त्यति धेरै मान्छे उभिएको ठाउँमा ! 

दोलखा बजारस्थित बालमन्दिर परिसरमा विद्यार्थी र शिक्षकको घुइँचो थियो । उद्घोषकले मेरो नाम बोलाए । पोडियममा उभिएर कविता पढ्न थाल्दा मेरो होस उड्यो । चिटचिट पसिना आयो । गला सुके जस्तो, पानीले प्याक प्याक भएजस्तो, पिसाब आउला जस्तो के के भयो भयो । खुट्टा लगलग काम्यो । ओठ थरथर काम्यो । जसोतसो कविता भनिसकेर स्टेजबाट झर्दा असिन पसिन थिएँ । 

कार्यक्रम लामो भयो । 

रिजल्ट आयो । उदघोषकले विजयीको नाम बोलाए । म दोस्रो भएँ । पुरस्कार लिन स्टेजमा जाँदा गर्ब लाग्यो । सवैले बधाई दिए । राम्रो लेखेकामा सवैले प्रशंसा गरे । पुरस्कार थियो प्रमाणपत्र र एकसय रुपयाँ ।

खुसीले गदगद भएँ । आफ्नै प्रयासमा सुरु भएको मेरो पहिलो सफलता थियो । नरहरि गुरूले नसिकाए पनि आफैंले लेख्न सक्छु भन्ने आत्मविश्वास भरिएर आयो ।

पुरस्कार लिएर आएपछि साथीहरुले खाजा खान जाउँ भन्न थाले । मलाई भने जीवनको पहिलो पुरस्कार बुबा, आमा र दिदीलाई देखाउन मन लाग्यो। 

यसोउसो गर्दै बहाना खोजें । साथीहरु कता अलमल गरेको बेला लुसुक्क अर्कै बाटो सुर्इँकुच्चा ठोकें । सय रुपयाँको खाम खस्छ कि भनेर च्याप्प समातेको थिएँ । पछाडी नफर्की एकसुरले उकालो चढें । खुसीले कतिबेला घर पुगें पत्तै भएन। 

कान्छी दिदीले सुरुमैं सोधी, ‘के भइस तँ ?’
‘सेकेन्ड भएँ।’

ऊ खुसी भई। बुबा आमालाई सुनाई । बेलुका खाना खाने बेलामा भनि, ‘भाइले कवितामा सधैं पुरस्कार जित्छ अब, उसको कविता धोइएर झन् धेरै सफा भएको छ।’

दिदीको बोलीमा यति माया थियो कि त्यसदिनदेखि मैले भाग लिएका सबै  प्रतियोगिताबाट रित्तो हात फर्कनु परेन।

 








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad