१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जवरजस्ती करणी गर्न खाेज्ने एक पक्राउ

रौतहट - आफ्नै लुगा सिउने पसलमा कार्यरत एक युवतीसँग जवरजस्ती यौन सम्बन्ध बनाउन खोज्ने सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर ५ का ५० वर्षीय जयलाल चौधरी रहेका छन्।

गत बुधबार साँझ करिव साँढे ७ बजे कपडा दिने वहानामा आफ्नो घर लैजाने भन्दै जंगलतर्फ लग्न खोजेपछि युवतीले मोटरसाइकलवाट हाम फालेकी थिइन्। मोटरसाइकलवाट हाम फालेकी युवती घाईते भएकी र उनको उपचार चन्द्रपुर अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ।

पसल संचालक चौधरीलाई सोही दिन राती प्रहरीले पक्राउ गरेको हो। मदिराले लठ्ठीएको अवस्थामा चौधरीलाई पक्राउ गरिएको इप्रका चन्द्रपुरका डिएसपि शान्तिराज कोइरालाले बताए। युवतीको बयानको आधारमा चौधरीलाई पक्राउ गरिएको र अदालतबाट म्याद थपेर घटनाबारे अनुसन्धान भइरहेको कोइरालाले बताए।

प्रकाशित: ४ भाद्र २०७५ १३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App