१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कहाँ हराए इन्जिनियर बिशाल?

विशाल जिएम। फाइल तस्विर

काठमाडौं—उनलाई अझै पनि भाई आए जस्तो लाग्छ बेलाबेला। बाटोमा हिँड्दा उसकै अनुहार देख्छिन् धेरै युवामा। बाबु आमाको मृत्युपछि दुःखले हुर्काएको एक्लो भाईको एक महिनादेखि अत्तोपत्तो छैन।

सल्यान स्थायी ठेगाना भए पनि लामो समयदेखि काठमाडौं बस्दै आएकी सदीक्षा घर्ती मगरले साउन ३० गतेदेखि दिनहुँ प्रहरी र उसका साथीभाईलाई सोधीरहेकी छन्। कहीँ कतैबाट केही जवाफ पाएकी छैनन्।

टोवा इन्जिनियरिङमा कामगर्ने २६ वर्षिय बिशाल जिएम साउन ३० गते धादिङको गल्छीबाट हराएका हुन्। कार्यालयका अन्य २९ जना साथीसँगै पिकनिक गएका उनी त्रिशुलीमा डुबेर बेपत्ता भएको भनिए पनि घटनाक्रमले त्यो पुष्टि नगर्ने परिवारको दाबी छ। परिवारले बिशालका विषयमा प्रहरी, रिसोर्ट सञ्चालक र कामगर्ने संस्थाले असहयोग गरेको भन्दै आवश्यक पहलका लागि आग्रह गरेको हो।

तत्काल दिदी सदिक्षा सहितको समूह घटनास्थलमा पुग्दा प्रहरी, रिसोर्ट सञ्चालक र साथीहरुको बयान फरक फरक पाएपछि उनले आफ्नै पहलमा घटनास्थलदेखि त्रिवेणीसम्म ब्यवसायिक गोताखोर र नाउँमा खोजी गरेकी थिइन्।

परिवारले  साउन ३० गते धादिङको गल्छी बगर रिसोर्टमा पिकनिक गएका मध्ये बिशाल त्रिशुलीमा वेपत्ता भएको जानकारी पाएको थियो। तत्काल दिदी सदिना सहितको समूह घटनास्थलमा पुग्दा प्रहरी, रिसोर्ट सञ्चालक र साथीहरुको बयान फरक फरक पाएपछि उनले आफ्नै पहलमा घटनास्थलदेखि त्रिवेणीसम्म ब्यवसायिक गोताखोर र नाउँमा खोजी गरेकी थिइन्।
‘हामीले बारम्बार प्रहरीलाई घटनाको विस्तृत जाँचका लागि आग्रह गरे पनि प्रहरीबाट हल्का जवाफ मात्र पायौं, सधँै पिकनिक आएका थिए मादक पदार्थ सेवान गरे, डुबे भन्ने जवाफ पायौं,’ मंगलबार सदिनाले नागरिकन्युजसँग भनिन्।

कामगर्ने टावा इन्जिनियरीङले समेत घटनाका विषयमा केही बताउन चाहेको छैन। उनले भावुक हुदै थपिन ‘हामीले भाईका बिषयमा सम्पूर्ण जानकारी चाहेका हौ अन्य केही होइन, बगाएको भए कहाँ खोजी गरियो, बचाउन के के प्रयास गरियो र शब कहाँ छ, थाह त पाउने अधिकार हुन्छ नि।’

टोवा इन्जिनियरीङका प्रवन्धक राजेन्द्र शाक्यले बिशालको खोजीमा कम्पनीले सक्दो प्रयास गरेको दाबी गरे। उनले घटनापछि प्रहरीसँगको समन्वयनमा कम्पनीले खोजीका लागि सबै पहल र प्रयास गरेको बताए। ‘घटना अनुसन्धानमै छ, हामीले परिवारलाई सहयोग गरेनौं भन्नु गलत हो, हामीले पनि एकजना सहकर्मी गुमाएका छौ,’ शाक्यले भने ।

जिल्ला प्रहरी कार्यालय धादिङले बिशालको घटनाका सम्बन्धमा अनुसन्धान भै रहेको जनाएको छ। जिप्रकाका अनुसार प्रारम्भिक अनुसन्धानमा बिशाल त्रिशुलीमा पौडी खेल्दा डुबेर हराएको देखिए पनि थप अनुसन्धान जारी राखेको जनाएको हो।

১धादिङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भिमलाल भट्टराईले एकजना इन्जिनियर हराएको घटनाका सम्बन्धमा प्रहरी सचेत र सजग भएर अनुसन्धानमा जुटेको बताए। ‘परिवारलाई शंका उपशंका हुनु स्वभाविक हो, हामी घटनाका सबै पक्ष र बिषयलाई केलाउँदै छौं, यसै भनिसक्ने अवस्था छैन,’ प्रहरी निरीक्षक भट्टराईले भने।
 

प्रकाशित: २९ भाद्र २०७३ १०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App