१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तीन महिला हत्याका दाेषी अझै पत्ता लाग्न सकेनन

खोटाङ - खोटाङमा लामो समय बित्दा समेत तीन महिलाका हत्यामा संलग्न दोषी पत्ता लाग्न सकेको छैन। हत्या भएको लामो समय बित्दा समेत दोषी पत्ता नलाग्दा घटना रहस्यमय बनेको छ।

२०७३ साल माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका ९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका ६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्यामा संलग्न दोषीलाई अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन। हत्याको विषयमा अनुसन्धान जारी रहेको भए पनि दोषी पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ। महिलाको हत्यामा संलग्न दोषी पत्ता लगाउन नसकेको भन्दै प्रहरीको आलोचना भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका तत्कालिन डिएसपी नविनकिशोर प्रधान हुँदै डिएसपी लोकदर्शन थापाको सरुवा हुँदासम्म महिलाको हत्यामा संलग्न दोषीको पहिचान हुन नसकेको पिडितको गुनासो छ। दोषीको मेसो पत्ता नलाग्दा घट्नाले प्रहरी अनुसन्धानमाथि नै प्रश्नचिन्ह खडा गरेको छ। ‘घटनामा कसको संलग्नता थियो, घट्नाको कारण के थियो, भन्ने प्रश्नको जवाफ नआउँदा पिडित परिवार थप पिडित बनेका छन्।

यसैबीच, खोटाङका नेकपाका नेताले तीन महिलाको हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न गृहमन्त्री समक्ष माग गरेका छन्। गृहमन्त्री रामबहादुर थापालाई भेट गरी तीन महिलाको हत्यारालाई पत्ता लगाएर कानुनी कारबाहीका लागि उनीहरुले ध्यानाधर्षण गराएका हुन्। भेटमा गृहमन्त्री थापाले महिलाको हत्याका विषयमा सत्यतथ्य पत्ता लगाएर कारबाहीका लागि प्रतिबद्धता जनाएको नेता किरातीले बताए।

 

प्रकाशित: २ भाद्र २०७५ ०६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App