coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

ट्रेलरमा ‘मेरी मामु’

काठमाडौं – आमा र बच्चाको सम्बन्ध प्रस्तुत गरिएको फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको छ । ललितपुरको जावलाखेलस्थित डिएभी स्कुलमा बिहीबार विद्यार्थीमाझ ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मको ट्रेलर ६ वर्षे बालक आयुव सेनको वरपर घुमेको छ। 

फिल्मका निर्माता सन्तोष सेनले आमा र बच्चाको विषयमा फिल्म निर्माण भएकोले विद्यालयका बालबालिकामाझ ट्रेलर सार्वजनिक गरिएको बताए । ‘देशभरका विद्यालयमा हामीले फिल्मको अभियान चलाइरहेका छौ’ निर्माता सेनले भने, ‘स्कुले भाइबहिनीलाई लक्षित गरेर फिल्म बनाएका छौं । विद्यार्थी भाईबहिनीले पनि एकपटक अभिभावकको साथमा गएर फिल्म हेरिदिनु होला।’

विद्यालयका प्रिन्सिपल अनिल केडियाले ‘मेरी मामु’ राम्रो बनेको आशा व्यक्त गरे । ‘आमा बाबुले आफ्नो सबै सम्पत्ति दाउमा राखेर छोराछोरी हुर्काउँछन्’ केडियाले भने ‘तर छोराछोरी हुर्किए पछि बुबाआमालाई लात हान्नसमेत पछि पर्दैनन् । आमाबाबुको महत्व दर्शाउने यो फिल्म सबै विद्यार्थीका लागि उपयोगी हुनेछ।’

निर्देशक यम थापाले फिल्मले आमा र बच्चाको सम्बन्ध केलाउने बताए । ‘जुनै रुपमा आएपनि आमाभन्दा माथि कोही हुँदैन भन्ने सन्देश फिल्मले दिन खोजेको छ ’ उनले भने ‘फिल्म हेरेपछि बच्चाको आमाबुबासँगको सम्बन्ध झन् मजबुत हुनेछ।’ 

नायक सारुक ताम्रकारले फिल्ममा आफूले बुबाको भूमिका निर्वाह गरेको खुलाउँदै फिल्मले बच्चाहरूको मनोवैज्ञानिक समस्याको विषय उठान गरेको बताए । अभिनेत्री कुशुम गुरुङले फिल्म राम्रो बनेको दाबी गरिन् । ‘आमा र बच्चाले एकपटक फिल्म हेरे सम्बन्ध सुधार्न सजिलो हुन्छ ’ उनले भनिन्। 

आशुसेन फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म आगामी भदौ १५ गतेबाट रिलिज हुँदैछ । यम थापाको लेखन तथा निर्देशन रहेको फिल्ममा आयुब, अश्लेषा ठकुरी, सारुक तााम्राकार ,कुसुम गुरुङ र दुर्गा मल्लको अभिनय छ।

 

प्रकाशित: १ भाद्र २०७५ ०४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App