१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी बर्खास्त

काठमाडौं– सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कामिनीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। दुईपटक स्पष्टिकरण सोधिएकी कामिनीको जवाफ चित्त नबुझ्दो भएकाले उनलाई बर्खास्त गरिएको बताइएको छ।

बैठकले ५ सदस्यीय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान पुनर्गठन समेत गरेको छ। प्रतिष्ठानमा लालबाबु यादव, हरि फुयाल, डा. खड्ग केसी, डा. शंकर शर्मा र मिना वैद्यलाई नियुक्त गरिएको छ। 

प्रकाशित: २९ श्रावण २०७५ १६:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App