१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भारी वर्षाको सम्भावना : सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं – देशका विभिन्न भूभागमा आज सामान्यदेखि पूर्ण बदली रही देशका धेरै जसो स्थानमा वर्षाको सम्भावना रहेको बताउँदै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन अग्रह गरेको छ।

महाशाखाले एक सूचना जारी गर्दै दिउँसो पूर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने जनाएको छ। यस्तै राति पश्चिमका केही स्थानमा र मध्य तथा पूर्वका एक दुई स्थानमा भारी वर्षा हुने संभावना देखिएको महाशाखाले जनाएको छ।

हाल प्रदेश नं. १ को सुनसरी, प्रदेश नं. २, ५ र ६ का अधिकांश क्षेत्रमा वर्षा भइरहेकाले सतर्क रहन भनिएकाे छ। तराई तथा चुरे क्षेत्रमा ठुलो वर्षा भैरहेकोले ती प्रदेशका चुरेबाट बहने नदीहरुमा पानीको बहाव बढीरहेकाले नदी आसपासमा सतर्कता अपनाउँन महाशाखाकाे अाग्रह छ।

महाशाखाले आज देशका प्रमुख नदीहरु बबई, कन्काई, सप्तकोशी र यसका शाखा नदीहरु, कमला, बागमती, नारायणी, पश्चिम राप्ति, मछेली, मोहना, कान्द्रा, लगायत नदीमा पानीको सतह बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो।

प्रकाशित: २८ श्रावण २०७५ ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App