१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोमा परी मृत्यु भएका परिवारलाई खड्काको सहयोग

जाजरकोट –  एक हप्ता अघि जाजरकोटको ठाँटीबजारमा गएको पहिरोमा परी मृत्यु भएका पीडित ९ परिवारलाई नेपाली काँग्रेस जाजरकोटका नेता रत्नबहादुर खड्काले प्रति मृतक ३० हजारका दरले २ लाख ७० हजार नगद सहयोग गरेका छन्।

निर्माण व्यवसायी समेत रहेका काँग्रेस महासमिति सदस्य खड्काले पहिरोमा मृत्यु भएका पीडित परिवारलाई उनीहरू बसिरहेको ठाँटीबजार स्थित वृद्धाश्रममा पुगेर सहयोग गरेका हुन्। आइतबार  बिहान वृद्धाश्रममा आयोजित एक कार्यक्रममा ख्डकाले उपलब्ध गराएको सहयोग रकम प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत र खड्काले संयुक्त रुपमा पीडित परिवारलाई हस्पतान्तरण गरे।

पहिरोमा परी मृत्यु भएका भेरी नगरपालिका ६ गंगटियाका  लालबहादुर लुहारकी श्रीमति सितला लुहार छोरीहरू भगवती, रन्जना र मनिषाको लागि   प्रति मृतक ३० हजारका दरले १ लाख २० हजार,  कुसे गाउँपालिका ५ खुर्पा घर भइ हाल नलगाड नगरपालिका ३ करुवामा बस्ने गोबिन्द परियार र दशरथ परियारलाई ६० हजार, कुसे गाउँपालिका ६ भार्माका नवीन परियारलाई ३० हजार तथा सोही गाउँपालिकाको  वडा नम्बर ५  नाउलीखेतका  नरेन्द्र परियारको लागि ३० हजार  गरी  ९ जनाका पीडित परिवारलाइ खड्काले सो रकम हस्तान्तरण गरेका हुन्।

पीडित परिवारलाई ठुलो रकम सहयोग गरेर खड्काले सरकारी निकायलाइ चुनौति दिएको प्रजिअ बस्तेतले बताए। मृतकका परिवारलाइ यसअघि केन्द्र सरकारले १ लाखका दरले, प्रदेश सरकारले  २५ हजारका दरले, र भेरी नगरपालिकाले  ३० हजारले दरले राहत रकम  सहयोग गरेका थिए।  राहत वितरण गर्दै नेता खड्काले आफूले  पहिरोमा आफन्त गुमाएका  पीडित परिवारको दुखमा साथ दिनसहयोग गरेको बताए। 

 

प्रकाशित: २७ श्रावण २०७५ ०९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App