८ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

अस्पतालमा विरामीको मृत्यु भएपछि यातायात बन्द

जाजरकोट- मृगौलामा पत्थरीको उपचार गर्न रुकुमको चौरजहारी स्थित चौरजहारी अस्पतालमा पुगेकि  भेरी नगरपालिका  १३ कि कुदुकी यसोधा मल्ल आरसीको  मृत्यु भएपछि क्षतिपुर्तिको माग गर्दै आफन्तले यातायात बन्द गरेका छन्। उनीहरुले डाक्टरलाई कारवाहीको माग समेत गरेका छन्।  

अस्पताल प्रशासन र  डाक्टरहरुको  लापरवाहिका कारण सामान्य अवस्थाको विरामी भएकी मल्लको  ज्यान गएको आफन्त र स्थानीयको भनाई छ। घरवाट  मिसन अस्पतालसम्म   हिडेरै  पुगेकी  यसोधालाई ५ एमएमको  पत्थरी  भएको र सोको उपचारका लागि अस्पतालमा भर्ना गर्नुपर्छ भन्दै साउन १७  गते अस्पतालमै भर्ना  गरिएको थियो। तर पछि डाक्टरले दिएको सुइका कारण तीन दिन पछि आइतवार  निधन भएको  मृतक यसोधाका  श्रीमान  प्रकाश आरसीको आरोप छ।

अस्पतालसँग यसोधाको मृत्युको कारण माग्दा स्थानीय प्रशासन र  प्रहरीले बल प्रयोग गरिएको उनको भनाई छ। मंगलवार  पीडित पक्ष र  अस्पताल पक्षबीच हुने भनिएको वार्ता  अस्पताल पक्षको दादागिरीका कारण असफल भएको र वाध्य भएर आफुहरुले  जाजरकोट जिल्लाको पुरै  यातायात  ठप्प हुने गरि  बन्दको आह्वान गरेको  स्थानीय यज्ञवहादुर बटालाले बताए।

चौरजहारी अस्पताल प्रशासन प्रमुख  दिलवहादुर गिरीले   अस्पतालमा घटेको घटना निकै दुखद भएको र  पीडित पक्षलाइ न्याय दिने गरि  आफुहरुले पहल गरिरहेको  बताए।  सहज  रुपमा वार्ता गरेर   पीडितहरुको माग र  घटनामा कोहि दोषी  भए  कारबाही गर्ने कुरामा पनि आफुहरु सकरात्मक रहेको उनले बताए।

रुकुमका प्रमुख जिल्ला अधिकारी  शम्भुप्रसाद रेग्मीले  चौरजहारी अस्पतालको घटनाबाट पीडित भएका परिवारलाई  उचित क्षतिपुर्ति र न्याय दिने गरि  आफुले पहल गरिरहेको बताए।

प्रकाशित: २२ श्रावण २०७५ ०९:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App