१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रधानमन्त्री अाेलीले दिए क्रिकेट टोलीलाई बधाई

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पार्न सफल नेपाल राष्ट्रिय टोलीलाई बधाई दिएका छन्। 

शुक्रबार राति भएको नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपालले एक रनको रोमाञ्चक जित हात पारेकामा आफूलाई खुशी लागेको बताउँदै प्रधानमन्त्री ओलीले आगामी यात्राका लागि सफलताको शुभकामना दिएका छन्। 

प्रधानमन्त्री ओलीले शनिवार ट्वीटरमार्फत कप्तान पारस खड्का र नेपाली टिमलाई बधाई तथा शुभकामना दिएका हुन्।

ट्वीटरमा प्रधानमन्त्री ओलीले भनेका छन्, “नेपाली क्रिकेट टिमले नेदरल्याण्ड्समा अन्तर्राष्ट्रिय खेलमा हासिल गरेको जितका लागि कप्तान पारस खडका र सम्पूर्ण खेलाडीलाई बधाई ज्ञापन गर्दछु। नेपाली क्रिकेटले आगामी दिनमा थप सफलता प्राप्त गरोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु।” 

नेपालले शुक्रबार भएको खेलमा नेदरल्याण्ड्समाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो। रासस

प्रकाशित: १९ श्रावण २०७५ १०:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App