पहिरोले बेँसीशहर–चामे सडक अवरुद्ध

बिहिबार, १७ साउन २०७५, १३ : ०१ नागरिक

लमजुङ  – गएराति झरेको पहिरोका कारण लमजुङ–मनाङ सडक अवरुद्ध भएको छ।

बेँसीशहर–६, बेलौती बिसौनी भन्ने ठाउँमा ठूलो पहिरो झरेपछि यातायात सेवा अवरुद्ध बनेको हो। पहिरो ठूलो भएको र सडकसमेत भाँस्सिएको कारण सानो मेशिन (एक्साभेटर)ले पहिरो हटाउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले बताए।

‘पहिरो करीब १०० मिटर लामो छ, हामीसँग भएको सानो एक्साभेटरले पहिरो पन्छाउन सकिएन,’ सहायक प्रजिअ थापाले भने, ‘सडक डिभिजन कार्यालयसँग समन्वय गरेका छौँ, जतिसक्दो छिटो पहिरो हटाएर यातायात पुनः सञ्चालन गर्छौं।’

पहिरोले पैदलयात्रुलाई समेत हिँड्न कठिनाइ भएकोमा तत्कालका लागि प्रहरी परिचालन गरी पैदलयात्रा गर्नसक्ने बनाइएको छ। पहिरोस्थलमा माथिबाट ढुंगा झरिरहेकाले प्रहरीको सहायतामा यात्रुलाई पहिरो कटाउने गरिएको छ।

‘तत्कालका लागि यातायात सञ्चालन गर्न नसकिए पनि पैदलयात्रा गर्नसक्ने बनाएका छौँ’ प्रहरी नायब उपरीक्षक यादव ढकालले भने। पहिरोमा ढुंगा झरिरहेकाले यात्रुलाई पहिरो कट्न प्रहरीले सहयोग गरिरहेको छ।

यातायात अवरुद्ध भएपछि जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका हुँदै मनाङ पुग्ने सर्वसाधारण, सदरमुकाम आउने सेवाग्राही र अन्नपूर्ण पदमार्गमा आएका पर्यटक समस्यामा परेका छन्। बर्षा लागेसँगै लमजुङ–मनाङ सडक पटकपटक अवरुद्ध हुँदै आएको छ। रासस








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad