आफैँले चलाएको गोली लागेर सैनिक घाइते

शुक्रबार, ०४ साउन २०७५, ०९ : २४ नागरिक

43


दुनै – डोल्पामा एकजना नेपाली सेनाका जवान आफैँले चलाएको गोली लागेर शख्त घाइते भएका छन्।

बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्द असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन्। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवान आफैँले गोली चलाई घाइते भएका थिए।

आफैँले हानेको गोलीले उनको चिउँडो, मुख, ओठ र नाक पूरै च्यातिएको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन डा अनुप मंगल समालले जानकारी दिए।

डा. अनुपले एक्सिडेण्टल बुलेट केस (बन्दूकबाट भएको दूर्घटना) भएकाले बिरामीले बोल्न नसक्ने र उनको उपचार डोल्पामा हुन नसक्ने भएपछि काठमाडौं लैजान सल्लाह दिएको बताए। उनले भने, ‘अवस्था गम्भीर छ, तर काठमाडौंमा उपचार हुन्छ, बिरामीको होस् गुमेको भने छैन।’

ड्यूटीमा रहेका जवानले एकैपटक गोली चलाएर हतियार पड्केको आवाज आएपछि मात्र अरुले थाहा पाएको सेनाले जानकारी दिएको छ। सेनाका अनुसार तत्काल जिल्ला अस्पतालमा उपचारका लागि लगेको र थप उपचारका लागि प्रदेश केन्द्रबाट हेलिकोप्टरको व्यवस्था गरी सुर्खेत हुँदै काठमाडौं लगिएको छ।

घटना कसरी घट्यो भन्नेबारे थप अनुसन्धान भइरहेकाले घटनाका बारेमा तथ्य कुरा भन्न नसकिने ईश्वरीबक्स गुल्मका गुल्मपति जेनिथ जवेगुले जानकारी दिए।

ड्यूटीमा रहेका २२ वर्षीय ध्रुवको स्थायी घर कैलालीको धनगढीमा भएको नेपाली सेनाले जानकारी दिएको छ। घाइते जवानको अवस्था गम्भीर भए पनि होस्मा नै रहेकाले उपचार राम्रैसँग हुने चिकित्सकले जानकारी दिए। घाइते सैनिक जवान ध्रुव लेखेर नै आफ्ना भनाइ राख्छन्। रासस







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

किम कार्दशियन जेलमा !

किम कार्दशियन जेलमा !

अमेरिकी टिभी स्टार किम कार्दशियन जेल पुगेकी छिन्। क्यालिफोर्नियाको ‘इन्सिट्युसन फोर विमन इन कोरोना’ नामक जेलमा आफ्ना बडिगार्डका साथ पुगेकी...

सविताका चित्रमा कपाल र काइँयो

सविताका चित्रमा कपाल र काइँयो

कुनै निर्जिव वस्तुमा जीवन खोजिनु कन्टेम्पोरेरी चित्रको विशेषता हो । चित्रकार सविता डंगोल त्यस्ता वस्तुसँग मानवका सोच प्रत्यक्ष जोडेर आफ्ना...

रुपाको ‘हिम्मत भाकी छोरी’

रुपाको ‘हिम्मत भाकी छोरी’

बाल्यवस्थामा नै बिजुलीको करेन्टका कारण दुबै हात गुमाएकी रुपा रौतारले ‘डेब्यु’ एल्बम ‘हिम्मत भाकी छोरी’ श्रोतामाझ ल्याएकी छन्। ...

‘गोपी’मा भित्रिए विपिन र वर्षा

‘गोपी’मा भित्रिए विपिन र वर्षा

छायांकनको मिति नजिकिँदै गर्दा फिल्म ‘गोपी’मा अनुबन्धित दुई कलाकारले हात झिकेपछि उनीहरूको स्थानमा नयाँ कलाकार अनुबन्धित भएका छन्। ...