१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

औषधि लिन मान्दैनन् डा. केसी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. केसी। तस्बिर : नागरिक

जुम्ला – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा मौलाएको बेथिति विरुद्ध जुम्लामा पन्ध्र दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। उनलाई घाँटी दुख्ने, पेट दुख्ने, मुटुको चाल तलमाथि हुने, वाकवाकी लाग्ने र मांसपेशी बाँउडिने लगायतका समस्या देखिएका छन्। उनको शरीरमा म्याग्नेसियमको मात्रा निकै घटेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्।

डा. केसीको उपचारमा संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाका अनुसार डा. केसीलाई दर्जनौ समस्याले ग्रसित वनाइरहदा समेत औषधी लिन मानिरहेका छैनन्। ‘कोल्टे फेर्दा पनि मुटुको चाल ह्वात्तै बढ्छ’, रोकायाले भने, ‘दैनिक उपनको स्वास्थ्यमा भिन्दा भिन्दै समस्या देखा परेका छन् तर उहाँले कुनै पनि समस्याको औषधी लिन मान्नु भएको छैन।’ औषधि दिन खोज्दा ठाडै नकार्ने गरेको उनले बताए।

म्याग्नेसियमको मात्रा घट्दै जादा स्वास्थ्यमा थप जोखिम बढ्दै जाने चिकित्सकहरु वताउँछन्। चिनीको मात्रा घटेकाले शरीरमा कमजोर बन्दै गएपनि उनले गुलकोज लिन नमानेको उपचारमा संलग्न चिकित्सकहरुले बताए।

‘अहिले सामान्य सलाइन पानी र अक्सीजन बाहेक उनले औषधि लिनै मानेका छैन्न’, रोकायाले भने, ‘डा. केसीको शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमताकै कारण अहिलेसम्म बाँचेका छन्।’  रोकायाले जुम्ला आउदा ६५ किलो तौल भएका डा. केसीको पन्ध्रौ दिनसम्म आउदा ९ किलो घटिसकेको बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत डा. केसी माग संवोधन नहुँदा्सम्म कुनै पनि प्रकारको औषधि नलिने अडानमा छन्। डा. केसीले बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले मर्न दिएर मनपरी गर्न खोजिरहेको भन्दै बाचुन्जेलसम्म मनपरी गर्न नदिने प्रण गरे।

मानिसको स्वास्थ्यमा म्याग्नेसियमको मात्रा १ दशमलव ६ देखि २ दशमलव ६ सम्म हुनु पर्नेमा डा. केसीको स्वास्थ्यमा म्याग्नेसियमको मात्रा शून्य दशमलव ६ मात्रै रहेको डा. रोकायाले बताए। चिकित्सकका अनुसार औषधि अस्वीकार गर्दै आइराखेका डा. केसीको अवस्थामा कुनै पनि बेला ठुलो समस्या आउने देखिन्छ। डा. केसीले स्वास्थ्यमन्त्रीले पठाएका सरकारी चिकित्सकको टोली अस्वीकार गर्दै जुम्लाकै चिकित्सकले बचाउने वताएका छन्।

अनशन बसेको १५ दिनसम्म पनि सरकारले माग संवोधन गर्न नसकेको भन्दै तत्काल डा. केसीको जीवन रक्षा गर्न जुम्लावासीले माग गरेका छन्।

प्रकाशित: ३० असार २०७५ ०९:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App