१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

एउटा बिरुवा रोपे २० रूपैयाँ पाइने

सल्यान- सल्यानकाे शारदा नगरपालिकाले एउटा बिरुवा रोप्नेलाई रु २० दिने भएको छ। 

नगरवासीलाई विभिन्न जातका बिरुवा वितरण गर्दै नगर प्रमुख सुरेश अधिकारीले बिरुवा लिएर हुर्काउनेलाई प्रतिबिरुवा रु २० का दरले उपलब्ध गराइने घोषणा गरे।

नगरपालिकाका १५ वटै वडामा फलफूलका बिरुवा वितरण गर्दै नगर प्रमुख अधिकारीले बिरुवा लिएर हुर्काउने सबैलाई अर्को वर्ष अनुगमनपछि रकम भुक्तानी गरिने जानकारी दिए। नगरपालिकाले नगरमा आँप, लिची, सुन्तला, कागती, ओखर तथा अन्य जडीबुटीका २४ हजार बिरुवा वितरण गरेको छ। रासस

प्रकाशित: २५ असार २०७५ १५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App