१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

जुम्ला- जुम्लामा दश दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। डा. केसीको उपचारमा संलग्न चिकित्सकका अनुसार मुटुको चाल बढ्नुका साथै रोगसंग लड्ने क्षमता कमजोर बन्दै गईरहेको छ। डा. प्रविण गिरीले डा. गोविन्द केसीको अवस्था गम्भीर बनेको प्रतिक्रिया दिए। उनले भने, 'अहिले  पिसावका लागि शौचालयसम्म जान सक्ने अवस्था छैन।'

डा. गिरीले भने, 'छाति दुख्ने,कमजोरीले थकान महशुस हुने,मांशपेशी बाउँडिने, टाउको दुख्ने तथा चक्कर लाग्ने र पिसावमा किटोटको मात्रा बढी देखिएको छ।' डा. केसीको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकले उनलाई चौविसै घण्टा निगरानीमा राखेका छन। रगतमा सेता रक्तकोसिकाको मात्रा घट्दो क्रममा रहेकोले संक्रमणवाट बचाउन चुनौति देखिएको चिकित्सकको भनाई छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति राजेन्द्रराज वाग्लेले हिजोका दिनहरु भन्दा डा. केसीको स्वास्थ्य अवस्था विग्रदै गएको बताए।

उनले भने,' डा. केसी बोल्न सक्नु भएको छैन, कर्णालीका अस्पतालमा भएजतिको स्रोत साधनको प्रयोग भईराखेको छ।' जुनसुकै बेला डा. केसीको स्वास्थ्यमा समस्या आउने भएकोले समयमै सुविधा सम्पन्न स्थानमा स्थान्तरण गर्न सरकार समक्ष माग गरे। उनका अनुसार शिक्षामन्त्री गिरीराजमणी पोखेरलले फोन गरेर डा. केसीको स्वास्थ्य अवस्था बुझेका थिए। 'मन्त्री पोखरेलले डा. केसीको स्वास्थ्य उपचारमा कुनै कसुर बाँकि नराख्नको लागि निर्देशन दिनुभएको छ', उपकुलपति वाग्लेले भने, 'सरकारले पछिल्लो समयमा डा. केसीको स्वास्थ्य अवस्थाका बारेमा चासो देखाईरहेको छ।

प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार विष्णु रिमालले फोन गरेर डा. केसीको स्वास्थ्य अवस्था प्रति चिन्ता व्यक्त गरेका थिए। उपकुलपति वाग्लले भने, फोनवाट चिन्ता, चासो राख्ने कार्य सरकारले गरिरहेको छ। तर डा. केसीको माग प्रति छलफल हुन सकेको छैन। राजनैतिक सल्लाहकार मार्फत डा. केसीसंग प्रधानमन्त्री केपी शर्माओलीले  फेस टु फेस वार्ता गर्न चाहेको संकेत गरेका थिए उपकुलपति वाग्लेले भने।

डा. गोविन्द केसीका भाई किशोर केसीले गयराती  देखि स्वास्थ्य अवस्था नाजुक वन्दै गईरहेको वताए । उनले राति देखि निकै अफ्ठयारो भईरहेको छ,पिसाव गर्न शौचालय पुग्न सक्नु हुन्न।

प्रकाशित: २५ असार २०७५ ०७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App