१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

डा. केसीको समर्थनमा कर्णालीका स्वास्थ्य संस्था बन्द

कर्णाली अस्पताल बन्द गरेर डा. केसीको अनसनस्थलमा स्वास्थ्यकर्मी । तस्बिर : नागरिक

जुम्ला– कर्णालीको जुम्लामा अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गर्दा स्वास्थ्य उपचारको लागि अस्पतालसम्म लिन नदिएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको छ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका अभियन्ता डा. केसीको जीवन रक्षाको माग गर्दै स्वाथ्यकर्मीले अस्पतालको ओपिडी सेवा ठप्प पारेका हुन। अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द गरेर उनीहरु डा.केसीको अनसन स्थल कबर्डहलमा आएर धर्नामा बसेका छन्। 

नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. प्रविण कुमार गिरीद्धारा हस्ताक्षरित विज्ञप्ती प्रकाशित गर्दै उनीहरुले कर्णाली प्रदेशका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवाहरु अनिश्चित कालका लागि बन्द गरिएको जानकारी दिइएको छ। अस्पतालका सेवा बन्द हुँदा पर्न जाने असुविधा र भवितव्य प्रति स्थानीय प्रशासन कार्यालयले जिम्मेवारी लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसअघि डा. गोविन्द केसीको जीवन रक्षाका लागि २४ घण्टे अल्टिमेटम जिल्ला प्रशासन कार्यालय जुम्लालाई दिइएको थियो। ‘डा केसीको जीवन बचाउन सुविधा सम्पन्न अस्पतालमा स्थान्तरण गर्न अनुरोध गरेका थियौं’, विज्ञाप्तिमा भनिएको छ, ‘तर समय सीमा सकिँदासम्म सरकारी संयन्त्रबाट कुनै प्रकारको जवाफ नआउँदा स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलनमा उत्रन बाध्य भयौं।’ अपिडी सेवा ठप्प भएपछि चेकजाचमा आउने सर्वसाधारण मर्कामा परेका छन्। 

डा गोविन्द केसीको मागमा एक्वेवद्धता जनाउँदै मुगु र कालिकोट जिल्लाका डाक्टर तथा स्वास्थ्यकर्मी पनि आन्दोलनमा उत्रेका छन्। उनीहरुले डा केसीको जीवन रक्षाको माग गर्दै हातमा कालोपट्टी बाँधेर काम गर्नेदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्।
मुगु अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीले आजदेखि आकस्मिक बाहेकका सेवा बन्द गरेका हुन्। अस्पतालले चिकित्सक संघ कर्णाली शाखाको अपिल अनुसार नै सेवा बन्द गरेको जनाएको छ। यस्तै, कालिकोट अस्पतालमा पनि चिकित्सक संघको अपिल अनुसार आन्दोलनका कार्यक्रममा सहभागि हुने भएको छ। कलिकोटका डाक्टरले कालोपट्टी बाँधेर काम गरिरहेका छन्। 

प्रकाशित: १९ असार २०७५ १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App